Socialism
Print Friendly and PDF

  • "समाजवादका नियन्ताको सम्झना" - बद्रीप्रसाद दाहाल

    नेपाली राजनीति र साहित्यलाई आधुनिकताको राजमार्गमा मार्च गराउन अब्बल भूमिका प्रदान गर्ने नेपालका गणनीय सुपात्रमध्ये अग्र लहरमा देखिएका महापात्र हुन् बीपी कोइराला । राजनीति र साहित्यलाई मानव जीवनको पृथक/पृथक पाटा स्वीकार गरेर पनि यी दुईको समान महत्व दिने उनी... read more

  • "बीपी, समाजवाद र कांग्रेसी सत्ता" - प्रा. कृष्ण खनाल

    योसाता विश्वव्यापी रूपमै कहिल्यै सँगै नभेटिनेजस्तो मानिएका दुई राजनीतिक विचारधाराका नेपाली नायकहरू विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिको बेला हो । तर नेपालमा भने अहिले यी दुवै विचारधाराको अलग-अलग प्रतिनिधित्व गर्ने लोकतन्त्रवादी कांग्रेस र कम्युनिस्ट... read more

  • "समाजवादको सान्दर्भिकता" - पुरुषोत्तम दाहाल

    विश्‍वेश्‍वर प्रसाद कोइरालाको नवनेपालको रचना गर्ने परिकल्पनाको आरम्भिक कालमा समाजवाद नेपालमा प्रवेश भएको हो। माक्र्सवादको निरंकुश प्रयोगविरुद्ध तर त्यसैलाई टेकेर परिभाषित समाजवादलाई रुखको बोक्रेयुगबाट इतिहाससँग जोड्दै हलो-कोदालो, खुर्पा-खुकुरी, डोको-नाम्लो भारी र भरियासम्म ल्याइपु:याएर अहिले माउस, इन्टरनेटसँग जोड्नुपर्ने भएको छ। आधाभन्दा ठूलो हिस्सा यथावत् डोको र नाम्लोमा झुन्डिएको छ... read more

  • "नेहरू पथमा नेपाली कांग्रेस" - दीपक अर्याल

    बीपी कोइराला र समाजवाद नेपालको सन्दर्भमा सदैव पर्यायजस्ता लाग्छन्। हरेक कार्यक्रममा बीपीलाई सम्झँदा समाजवाद, महान् समाजवादी चिन्तकका उपमा त दिइन्छ तर बीपीले कस्तो खालको समाजवादको परिकल्पना गरेका थिए? के त्यस्तो समाजवादको कुनै भविष्य थियो/छ? read more...

  • "नेपालको सन्दर्भमा समाजवाद" - वीपी कोइराला (२०७० माघ, १-१५, थिति)

    जनताको महान आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य छ । समानता भन्नुको तात्पर्य राजनीतिक तथा आर्थिक समानता हो । समाज दैवी संरचना होइन । त्यो बुद्ध भौतिक व्यवस्था हो । समाजका सदस्यहरुको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । यो विशुद्ध भौतिक पक्ष हो । आध्यात्मिक पक्ष होइन । समाजका सदस्यहरुका आकांक्षा र आवश्यकताहरु प्राय समान हुन्छन् । समाजका सदस्यहरुको खाने, लाउने, बस्ने आवश्यकता प्रायः सबै समान हुन्छन् । उनीहरुको जीविकाको साधन पनि हुन्छ । त्यसको लागि आफ्नो बृत्ति विकासका लागि सबैले समान अवसर पाउनु पर्दछ । समानताका यी दुई स्वयंसिद्ध पूर्वावस्था प्राप्त भएपछि समानताको अर्थ...read more

  • "विपी कोइराला र समाजवादी दर्शनको मर्म" - तिलक कंडेल (दिव्य-द्रिष्टि साप्ताहिक)

    देशमा व्याप्त गरिबी र संकटप्रति बेखबर राणा प्रधानमन्त्रीलाई जन्म दिनको उपहार स्वरुप गरिब किसानका फाटेका लुगाको पोको दिएर राणा शासकको आाखा खोल्न खोज्ने शाहसिक बाबु कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको साहिला छोरा वि.पि. कोइराला हुन् । पिताजीको उक्त साहस र जनप्रेमी भावनाबाट वि.पि. अत्यन्तै प्रभावित देखिन्छन् । राणाहरुलाई अपहेलना गरेको आरोपमा भारत निर्वासनमा रहेका पिताजीसंगै भारतको स्वतन्त्रता आन्दोलनलाई बुझ्ने मौका पाएका वि.पि. कोइराला सानैदेखि सबैसंग घुलमिल हुन सक्ने, तीक्ष्ण बुद्धि र स्मरण शक्तिका मेधावी युवाका रुपमा परिचित थिए । राजनीतिका अतिरिक्त पत्रकारिता, साहित्य लेखन, भ्रमण लगाएतका विषयहरु वि.पि. कोइरालाका रुचिका विषयहरु थिए । एकपटक सुनेको, पढेको कुरालाई कहिल्यै नबिर्सन र विभिन्न कोणबाट विश्लेषण गर्न सक्ने अनि त्यसको गहिराइसम्म पुगेर सकारात्मक पक्षहरु तुरन्त आत्मसात् गर्न सक्ने विशिष्ट क्षमता वि.पि. कोइरालामा देखिन्छ...read more

  • "सामाजिक लोकतन्त्र र वी.पी. कोइराला " - प्रा.डा. यज्ञप्रसाद अधिकारी (वी.पी. चिन्तन प्रतिष्ठान )

    वर्तमान अवस्थामा नेपाल अभूतपूर्व राजनीतिक अन्यौल र संकटको अवस्थाबाट गुज्रिरहेको छ । मुलुक गम्भीर संक्रमणमा रहे पनि राजनीतिक नायकहरुमा दूरदृष्टि र आँट भएमा राजनीतिक निकासको सँगसँगै सामाजिक लोकतन्त्रमा आधारित राज्य निर्माण गर्न सक्ने विशिष्टतम अवसर पनि हाम्रो सामु उपस्थित छ । नेपालको परिप्रेक्षमा सामाजिक लोकतन्त्रको आकांक्षा कति प्रवल रहेछ भन्ने तथ्य खुलिसकेका र खुल्न लागेका कतिपय नयाँ दलहरुले आफ्नो दलको नामाकरण गर्ने सन्दर्भमा सामाजिक लोकतन्त्रलाई समावेश गराउनुले पनि तथ्य स्पष्ट हुन्छ । लोकतन्त्रको लडाईको मोर्चामा निरन्तर डटिरहेका राजनीतिक दलहरु सामाजिक लोकतन्त्रमा आधारित राज्य निर्माण गर्ने दिशातिर स्पष्ट हुनुपर्ने अवस्था आएको छ । परम्परावादी साम्यवाद अबको भविष्य कदापि हुन सक्तैन । पूँजीवादले विश्व आर्थिक प्रक्रियामा आफ्नो जतिसुकै वर्चश्व स्थापित गर्न सफल भए पनि नेपालको भूराजनीतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिक अवस्थाको मूल्याङ्कन गर्दा पूँजीवादी प्रक्रियाका माध्यमबाट धनी र गरीब बीचको कहालीलाग्दो खाडल पुरिन सक्ने सम्भावना पनि त्यत्तिकै कमजोर...read more