Narative
Print Friendly and PDF

  • "राष्ट्रियता, समाजवाद र बिपी कोइराला" - बलदीप प्रभाश्वर चामलिङ (सौर्य दैनिक, ५ अषाढ २०७१)

    नेपालमा राजाको शासनले मृत्युदण्डसम्म दिनसक्ने सम्भावना हुँदाहुँदै आठ वर्ष लामो प्रवास बसाइपछि बिपी कोइराला २०३३ पुस १६ मा भारतको पटना हुँदै नेपालको त्रिभुवन विमानस्थलमा अवतरण भए । उनको यो अनपेक्षित र अकस्मात् नेपाल फिर्तीले नेपाली कांग्रेसका समर्थकलगायत अन्य सबैलाई आश्चर्यमा पार्‍यो । उनको त्यो स्वदेश पुनरागमनका बेला भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर विरोधीहरूलाई गिरफ्तारी गर्दै थिइन् । गान्धीको त्यस्तो कदमको विरोध गर्नेमध्येमा भारतका एक समाजवादी नेता जयप्रकाश नारायण पनि पर्दथे । बिपीबारे जानकारहरू अझै पनि भन्छन्– जयप्रकाश र बिपी कोइरालाको सम्बन्ध यति घनिष्ठ थियो कि उनीहरू आफूलाई रुचि लागेका सबै कुरा निसंकोच सेयर गर्दथे । हो, बिपीलाई एक हदसम्म उनै जयप्रकाशले नै शरण दिएका थिए । जयप्रकाश गान्धीको तारो हुँदा उनीसँग निकट राजनीतिक सम्बन्ध भएका कोइरालालाई पनि असर पर्नु स्वाभाविक थियो । र, जयप्रकाश नारायणलाई पनि अप्ठ्यारो उत्तिकै थियो । संकटकालीन विशेषाधिकार प्राप्त गान्धी सरकारले यो बेला जे पनि गर्न सक्ने अवस्था थियो । यसले जयप्रकाशलाई पनि दबाब परेको हुन सक्छ । अन्त्यमा उनकै सल्लाहमा कोइरालाले पञ्चायती राजासँग जस्तोसुकै खतरा मोलेर भए पनि नेपालमै आउने निधो...read more

  • "महाकाव्य 'क्रान्तिकारी विश्वेश्वर' को सङ्क्षिप्त अध्ययन" - सदानन्द अभागी (पल्लव साहित्यिक ई-पत्रिका, २ जेष्ठ २०७०)

    नारी साहित्य समाज नवलपरासी प्रकाशक रहेको यो कृति ४०७ पृष्ठको छ । पातलो गाताको मूल्य रु. ५५१।- छ भने बाक्लो गाताको मूल्य रु. १,००१।- रहेको छ । आवरणको अग्रभागमा विश्वेश्वर प्रसाद कोइरालाको शतवाषिर्कीका अवसरमा प्रकाशित लेखिएको लोगो राख्नुको साथै विश्वेश्वरप्रसाद कोइरालाको तस्विर सजाइएको छ । झट्ट हेर्दा निकै आकर्ष लाग्ने यो महाकाव्यको पछिल्लो पृष्ठमा कृतिकारको फोटोसहित जीवनी तथा व्यक्तित्वको साथै प्रकाशित कृतिहरू/पुरस्कार/सम्मान र आवद्धतालाई समेटिएको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अवलम्बन गर्दै निरन्तर राष्ट्रप्रति समर्पित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित यो कृतिमा सम्माननीय राष्ट्रपतिको शुभकामना सन्देश पनि रहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, सदस्य सचिव सनत रेग्मी, नेपाली काङ्ग्रेस पार्टी सभापति सुशील कोइरालाका शब्दसुमनले सजिएको यो महाकाव्यमा त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालज्यूले महाकाव्य परम्परामा क्रान्तिकारी विश्वेश्वरकी प्रसवित्री कृष्णाप्रति हार्दिक शुभकामना शीर्षक नवलपरासी जिल्लामा प्रकाशन भएका रामनाथ शर्मा खनालका दुइ र सदानन्द अभागीका दुइ महाकाव्य प्रकाशित भैसकेका र यतिखेर कृष्णादेवी शर्मा श्रेष्ठको यो महाकाव्य नेपालका कवयित्रीहरूले लेखेका महाकाव्यमध्येका पञ्चम नम्बरको महाकाव्यमा स्वीकार्दै उहाँको यो वृहत्तर लेखनकार्य अति नै महान् बन्न सकेकोमा...read more

  • "मेरो सम्झनामा बिपी कोइराला (जेलमा भएको पहिलो भेट)" - राम चन्द्र पौडेल (नयाँ पत्रिका, ६ श्रावण २०६९)

    ०२८ सालमा तत्कालीन भारतीय राजदूत राजबहादुरले हामीलाई भारत-भ्रमणको निम्तो दिए । सम्पर्क पनि बढ्छ र देशदर्शन पनि हुन्छ भनेर हामी तयार भयौँ । त्यो टोलीमा म, शेरबहादुर, शिवबहादुर खड्का, विपिन कोइरालालगायत १०/१२ जना थियौँ । त्यतिवेला हामीलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग पनि भेट गराइयो । हाम्रा कार्यवाहक सभापति सुवर्णसमसेर उनलाई नै भेट्न निकै दिनदेखि दिल्लीमा पालो पर्खिरहेका रहेछन्, तर भेट्न पाएका रहेनछन् । हाम्रो भेटपछि उनी खुसी नै भए । हामीबीच कांग्रेसको आन्तरिक समस्याबारे पनि कुरा भए । त्यतिखेर सुवर्ण र बिपी अलग भइसकेका थिए । सुवर्ण संवाद, सम्झौता र सहकार्यबाट राजाको मन पगाल्न चाहन्थे भने बिपी संघर्षका बलबाट जनताको राज्य कायम गर्न चाहन्थे । हामीले सुवर्णलाई भन्यौँ, हामी तपाइर्ंलाई र बिपीलाई एकसाथ भेट्न चाहन्छौँ ।

    सुवर्णले बिपीलाई कोलकातामा बोलाउने र सँगै भेट्ने प्रस्ताव राख्नुभयो । मैले पनि बिपीलाई चिठी लेखेँ । तर, त्यसो भएन । सायद राजासँगको संवाद र सम्बन्ध बिग्रेला भनेर सुवर्णले बोलाउनुभएन वा संघर्षको लाइन प्रभावित होला भनेर बिपी आउनुभएन । जेहोस्, दुवै नेतालाई एकसाथ भेट्ने हाम्रो इच्छा...read more