Responsive image

बालबालिका

श्री विन्ध्यवासिनी अधिकारी समाजलाइ विभिन्न अधिकारी परिवार, नजिकका आफन्त तथा शुभेक्षुहरुका बालबालिकाहरुको नियमित सहयोग प्राप्त छ । अधिकारी कूलमा पारिवारिक तथा सामुदायिक भावनाको विकास एवं धर्म र संस्कृतिको रक्षा गर्न यस्ता बालबालिकालाइ सानै उमेर देखि संलग्न गराउने यो समाजले उद्येश्य राखेको छ । यी बालबालिका आफ्नो अभिवावक संगसंगै यो समाजको कार्यक्रमहरुमा भाग लिन्छन । यसबाट उनीहरुको चरित्र को पनि विकास हुन्छ । अठार बर्ष मुनिका यी बालबालिकाहरु यी संथाका भविष्यका कर्णधार हरु पनि हुन् । उनीहरु उमेर पुगे पछि मात्र संथाको सदश्य हुन सक्छन । बालबालिकाका रुपमा यो संस्था संग संलग्न हुन कुनै किसिमको सहयोग गर्नु जरुरि छैन । तर उनीहरुको तर्फबाट यस संस्थालाई सहयोग गर्ने चाहना भएका अभिवावक हरुलाई यो संस्था हार्दिक स्वागत गर्दछ ।


यस समाजको आर्थिक बर्ष जुलाई १६ मा सुरु भै अर्को बर्षको जुलाई १५ मा सकिने व्यहोरा पनि अनुरोध गर्न चाहन्छौं ।


हामीलाई सहयोग गर्न चाहने कसैले पनि सिधै यस समाजका संरक्षक श्री अरुण अधिकारी वा यस वेवसाइटमा उल्लेख भएबमोजिमको संपर्क व्यक्तिहरुसंग सुविधा अनुसार संपर्क गर्न सक्नु हुनेछ ।


क्रमांकतस्बिर नाउँ संक्षिप्त परिचय मासिक सहयोग(रु.)
1 Shivashis शिवाशिष अधिकारी गौरीघाट काठमाडौँ प्राथमिक स्कुलमा अध्यनरत । अनुपमा अधिकारी तथा डा. विपिन अधिकारी को छोरा । १००/-
2 Sabrina सब्रिना अधिकारी गौरीघाट काठमाडौँ 'ए' लेवेलमा अध्यनरत । अनुपमा अधिकारी तथा डा. विपिन अधिकारी को छोरी । १००/-
3 समन अधिकारी काठमाडौँ इन्जिनियर शैलेश अधिकारीको छोरा । हाल अस्ट्रेलिया । ५०० /-
4Saumya सौम्य अधिकारी (काखको शिशु) रातोपुल काठमाडौँ (हाल सियाटल वाशिंगटन संयुक्त राज्य अमेरिका) प्रतिक्षा अधिकारी तथा दीपेन्द्र अधिकारी को छोरा १००/-
5Noni नोनी अर्याल जनकपुर धनुषा (हाल नर्थ क्यारोलिना संयुक्त राज्य अमेरिका) शान्त्वना अर्याल तथा डा. दीपेन्द्र अर्यालको छोरी १००/-
6Dilasha दिलाशा अर्याल जनकपुर धनुषा (हाल नर्थ क्यारोलिना संयुक्त राज्य अमेरिका) शान्त्वना अर्याल तथा डा. दीपेन्द्र अर्यालको छोरी १००/-
Responsive image