Responsive image

पूजाआजा

श्री विन्ध्यवासिनी मन्दिर नित्य पूजाआजा हुने मन्दिर हो । यसमा प्रत्येक दिन कम्तिमा दुईपटक पूजा गरिन्छ । बिहानको पूजा सात बजेदेखि नौ बजेसम्म तथा बेलुकाको पूजा गर्मी मौसममा साँझ ६ बजेदेखि साढे सात बजेसम्म र जाडो मौसममा बेलुका पाँच बजेदेखि साढे ६ बजेसम्म डेढ घण्टासम्म चल्दछ ।


नित्य पूजा बाहेक विशेष अवसरमा गरिने विशेष पूजाहरु पनि यस मन्दिरको निरन्तर विशेषता हो । यस अन्तर्गत रुद्री लगाउनेदेखि जन्मोत्सव, ग्रहशान्ति लगायत चण्डी पाठ सम्मको कामकारबाही गरिने प्रचलन छ ।


अधिकारी परिवारका पनि कुनै पनि सदस्य वा भक्तजनले कुनै विशेष पूजा लगाउन चाहेमा त्यस्तो पूजाको पनि आवश्यकता अनुसार व्यवस्था गर्न सकिने छ ।


यस समाजका सदस्यले आफ्नो परिवारमा आवश्यक भए बमोजिम पूजाआजा गर्नका लागि यो मन्दिर तथा यसको परिसरको प्रयोग गर्न सक्नेछ । परिवारभित्र भएको जन्म र मृत्यु वा अन्य विशेष कामकारबाहीका लागि गरिने पूजाआजा, कीर्तन–भजन वा सामाजिक सेवाहरुको आर्थिक दायित्व सम्बन्धित व्यक्तिले नै निर्वाह गर्ने अहिलेको प्रचलन हो ।

Responsive image