Responsive image

संगीत प्रबन्ध

श्री विन्ध्यवासिनी अधिकारी समाजले विन्ध्यवासिनी मन्दिर मार्फत युवा युवति हरुलाई संगीत साधन पट्टि उन्मुख गराउने छ । संगीत मानवीय लय एवं तालबद्ध अभिव्यक्ति हो । नेपाली संगीत नेपालको मौलिक संगीत हो। यसमा लोक संगीतको बिशेष उपस्थिति हुन्छ । लोक संगीत काल र स्थान अनुरूप प्रकृतिको स्वच्छन्द वातावरणमा स्वाभाविक रूपले हुर्किदै विकसित भएको हुन्छ । अतः यो विविधतापूर्ण तथा सरल र चित्ताकर्षक हुन्छ ।


नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । शास्त्रीय गायन ध्वनि-प्रधान हुन्छ, शब्द-प्रधान हैन । शास्त्रीय संगीत बाहेक नेपालमा आधुनिक संगीत, पप संगीत, रक संगीत आदि सबै प्रकारका संगीत पाइन्छन्।


हिन्दू धर्मको नृत्य, कला, योग र संगीत संग गहिरो नाता रहेको छ I हिन्दू धर्म के मान्यता के छ भने ध्वनि र शुद्ध प्रकाश बाटै ब्रह्मांड को रचना भएको हो । आत्मा यस जगत को कारण हो । चारै वेद, स्मृति, पुराण र गीता धार्मिक ग्रंथमा धर्म, अर्थ, काम र मोक्षलाइ साध्न हजारोहजार उपाय देखाईएको छ । ति उपायहरु मध्ये एक उपाय संगीत हो । संगीत को कुनै भाषा हुदैन । संगीत आत्मा को सबै भन्दा नजिक रहेको हुन्छ । शब्द मा बाँधीएको संगीत विकृत संगीत मानिन्छ । तथापी लोक संगीत हाम्रो समाजमा सबै भन्दा बढी देखिन्छ I

Responsive image