Responsive image

पहुँच पद्धति

धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। श्री विन्ध्यवासिनी अधिकारी समाजले धर्म धर्म र संस्कारका कुराहरु ज्ञानगुनका कुराहरु हुन्छन । राम्रो कुरालाई फैल्याउनु पर्छ । नराम्रो कुरालाई हटाउनु पर्छ । हरेक धार्मिक संस्कृति मा सुधारका प्रयासहरु आवश्यक हुन्छन I जसले जानेका छन् उसले नजान्ने लाइ सिकाउनु पर्छ I जो नजान्ने छन् उनले जान्ने व्यक्तिहरु बाट सिक्न पाउनु पर्छ I यसैले श्री विन्ध्यवासिनी अधिकारी समाजले धर्म संस्कृतिको जगेर्नाका लागि विन्ध्यवासिनी मन्दिर मार्फत आम अधिकारीहरु बीच पहुँच बढाउने उद्देश्य राखेको छ । निरन्तर भेटघाट र सामुहिक क्रियाकलाप बाटै यो सम्भव हुने हो I


धर्मको मुख्यतः दुइ आयाम हुन्छ । एउटा हो संस्कृति, जसको संबंध बाहिरी दुनियाँ संग हुन्छ । अर्को हो अध्यात्म जसको संबंध भित्र संग हुन्छ । धर्मको तत्व भित्र छ, मत बाहिर छ । तत्व र मतको जोड़ नै धर्म हो । तत्व को आधारमा मत को निर्धारण हुने हो भने मात्र धर्म ले सहि दिशा लिन सक्छ। मतका आधारमा तत्वको निर्धारण हुनु भनेको धर्मलाई कुरुप बनाउनु हो ।


कुनै देशको संस्कृतिले यसको सम्पूर्ण मानसिक निधिलाई वर्णन गर्दछ । यो कुनै खास व्यक्तिका पुरुषार्थको फल छैन, अपितु असंख्य ज्ञात तथा अज्ञात व्यक्तिहरूका भगीरथ प्रयत्नको परिणाम हुन्छ। सबै व्यक्तिले आफ्नो सामर्थ्य र योग्यताका अनुसार संस्कृतिका निर्माणमा सहयोग प्रदान गर्छन ।


संस्कृतिको तुलना अस्ट्रेलिया नजिकै समुद्रमा पाइने मूँगाहरूको भीमकाय चट्टानहरूसित गर्न सकिन्छ। मूँगाहरूका असंख्य किराहरु आफ्नो साना साना घर बनाएर समाप्त भए। फेरि नयाँ किराहरुले घर बनाए, ति किराहरुको पनि अन्त भयो। यसपछि तिनका अघिल्ला पिढीले पनि यही गरे र यो क्रम हजारौँ वर्षसम्म निरन्तर चल्दै रहयो। आज ती सबै मूँगाहरूका साना साना घरहरूले परस्पर जोडेर बनेका विशाल चट्टानहरूको रूप धारण गरेको छ । संस्कृति पनि यसै गरि बिस्तारै बिस्तारै निर्माण हुन्छ र तिनका निर्माणमा हजारहरू वर्ष लाग्दछन ।


विशेष प्रकारका सामाजिक वातावरण, संस्थाहरू, प्रथाहरू, व्यवस्थाहरू, धर्म, दर्शन, लिपि, भाषा तथा कलाहरूको विकास गरेर हरेक समुदायले आफ्नो विशिष्ट संस्कृतिको निर्माण गरेको हुन्छ । हाम्रो संस्कृतिको रचना पनि यसै प्रकार भएको छ। हाम्रो संस्कृति को विकासमा हाम्रो चाँसो छ ।

Responsive image