बीपी कोइराला
Print Friendly and PDF

राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् ।

तत्कालीन राणा शासकहरूको आखामा बिझेपछि भारत निर्वासित भएका समाजसुधारक पितासूगै प्रबासमा अंग्रेज हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह मन्त्री भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय नेताका रूपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रूपमा प्रधानमन्त्री चुनिएर बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित सरकार सञ्चालन गरेका थिए । प्रजातन्त्रको अपहरण भएपछि आठ वर्ष निरन्तर जेल जीवन भोगेका बीपी त्यसपछि पुनः प्रवासबाट नेपाली कांग्रेसको नेतृत्व गरी २०३३ सालमा तत्कालीन राष्टिय र अन्तर्राष्टिय परिस्थितिको विश्लेषण गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन हार्डलाइनर पञ्चहरूसूग जोखिम स्वीकार गरी राष्टिय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए । प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त भएका बीपीले सोसलिष्ट इण्टरनेशनलको एक अगुवाका रुपमा पनि अन्तर्राष्टिय राजनितिमा आकर्षक भूमिका निर्वाह गरेका थिए । २०६३ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा अधिराज्यव्यापी प्रचार प्रसारको नेतृत्व गर्ने बीपीले २०३९ सालमा निधन नभएसम्म संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । आफ्नो जीवनकालका देशको राजनीतिमा समर्थन र बिरोधको केन्द्रमा रहेका बीपी अन्तर्राष्टियस्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेतम हुन् । नेपाली कांग्रेस उनकै नाम, सिध्दान्त, कर्म र आकर्षणले अनुप्राणित रहदैआएको छ ।

(Source: http://www.nepalhomepage.com/news/century_poll/nepali/bp.html

Back