"विपी कोइराला र समाजवादी दर्शनको मर्म" - तिलक कंडेल (दिव्य-द्रिष्टि साप्ताहिक)
Print Friendly and PDF

देशमा व्याप्त गरिबी र संकटप्रति बेखबर राणा प्रधानमन्त्रीलाई जन्म दिनको उपहार स्वरुप गरिब किसानका फाटेका लुगाको पोको दिएर राणा शासकको आाखा खोल्न खोज्ने शाहसिक बाबु कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको साहिला छोरा वि.पि. कोइराला हुन् । पिताजीको उक्त साहस र जनप्रेमी भावनाबाट वि.पि. अत्यन्तै प्रभावित देखिन्छन् । राणाहरुलाई अपहेलना गरेको आरोपमा भारत निर्वासनमा रहेका पिताजीसंगै भारतको स्वतन्त्रता आन्दोलनलाई बुझ्ने मौका पाएका वि.पि. कोइराला सानैदेखि सबैसंग घुलमिल हुन सक्ने, तीक्ष्ण बुद्धि र स्मरण शक्तिका मेधावी युवाका रुपमा परिचित थिए । राजनीतिका अतिरिक्त पत्रकारिता, साहित्य लेखन, भ्रमण लगाएतका विषयहरु वि.पि. कोइरालाका रुचिका विषयहरु थिए । एकपटक सुनेको, पढेको कुरालाई कहिल्यै नबिर्सन र विभिन्न कोणबाट विश्लेषण गर्न सक्ने अनि त्यसको गहिराइसम्म पुगेर सकारात्मक पक्षहरु तुरन्त आत्मसात् गर्न सक्ने विशिष्ट क्षमता वि.पि. कोइरालामा देखिन्छ ।

औद्योगिक पूाजिवादी युगमा प्रवेश गर्दै गरेको युरोपमा माक्र्सले लेखेको पुस्तकहरु पूजीं र "कम्युनिष्ट पार्टी"को घोषणापत्रले उथलपुथल ल्याइ दिएको थियो । ति पुस्तकलाई विश्लेषणात्मक अध्ययन गर्दा वि.पि.ले एकातिर आर्थिक समानताका लागि माक्र्सले राखेको विचार उत्साहबर्धक पाए भने व्यक्तको स्वतन्त्रताप्रति माक्र्सले गरेको उपेक्षाको कारण माक्र्सको राजनीतिक दर्शन अव्यवहारिक र एकपक्षिय रहेको निष्कर्षमा वि.पि. कोइराला पुगेको पाइन्छ ।

वि.पि. कोइरालाले कार्ल माक्र्सले भन्ने शासन व्यवस्थामा जस्तै आर्थिक समानता र न्याय अनि पूाजीवादी व्यवस्थामा जस्तै स्वतन्त्रता दुवैको सामञ्जस्य हुन व्यवस्था नै नेपाल जस्तै गरिब मुलुकका लागि उपयुक्त हुने निष्कर्ष निकाले । यसलाई राज्यले कसरी व्यवस्थापन गर्न सक्छ भन्ने बारेमा वि.पि.को गहिरो र अनवरत चिन्तनको परिणाम नै नेपाली कांग्रेसले यी दुई आर्थिक र मौलिक अधिकारका आयामलाई प्रजातान्त्रिक समाजवाद नामाकरण गरी वि.सं. २०१२ को विरगञ्ज महाधिवेसनबाट पारित गराइ एउटा समाजवादी पार्टीको रुपमा आफूलाई उभ्याएको हो ।

वास्तवमा माक्र्सले कल्पना गरेजस्तो आदर्श राज्यका लागि भएका ठूलाठूला प्रयत्नहरु सफल नहुनुको मुख्य कारण पनि व्यक्तिको स्वतन्त्र रहन चाहने मानवीय चाहनालाई महत्व नदिनु नै हो । माक्र्सले कुनै खास सन्दर्भमा पेट भर्न नपाइ भोकभोकै रहनुपर्ने ९०% श्रमजिवी मानिसहरु जबसम्म राज्यको नीति निर्माण गर्ने/शासन सत्ता चलाउने ठाउामा पुग्दैनन् तबसम्म उनीहरु कुनै न कुनै रुपमा शोषित पीडित भैरहन्छन् भन्ने निष्कर्ष निकाले । वि.पी.को बुझाइमा माक्र्सको यो विचारमा आंशिक मात्र सत्यता थियो । पेट भर्ने/खाने कुरा प्रमुख भए पनि मान्छेको दिमागको उर्जा कुनै बहानामा नियन्त्रण गर्नु हुादैन । मान्छे पेट भर्ने कुराको मात्रै दाश हुन नसक्ने बरु नयाा सिर्जना, आविष्कार, खोज र चिन्तन मननले समाजलाई नयाा उत्पादन, नयाा तरिका र प्रविधि दिन सक्ने र स्वतन्त्र वातावरणमा मात्र यो सम्भव हुने कुरा वि.पी.ले उच्च महत्वका साथ लिए । माक्र्सको आर्थिक वितरणको प्रस्तावबाट उत्साहित भए पनि विचार दर्शन र मान्यताहरुका आधारमा संगठित भइ राजनीतिक दलहरुको रुपमा प्रतिस्पर्धा गर्न चाहने स्वतन्त्रतालाई माक्र्सले अनावश्यक ठानेको हुनाले वि.पी. कोइराला माक्र्सका विचारसाग पूर्ण रुपमा सहमत हुन नसकेको देखिन्छ ।

वि.पी. कोइरालाले मान्छेको मस्तिष्कले स्वतन्त्र वातावरणमा मात्र काम गर्न सक्ने र मस्तिष्कको खोजको परिणाम यदाकदा जादुमय आविष्कारका रुपमा संसारले प्रतिफल लिन पाउने कुरा राम्ररी बुझेका थिए । त्यसैले उनी भन्थे 'मानिस ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ' । स्वतन्त्रतालाई कम महत्व दिन कम्युनिष्ट दर्शनमा मस्तिष्कजन्य उर्जाप्रतिको उपेक्षालाई वि.पी.ले त्रुटिपूर्ण देखेको हुनाले यस्तो भनाइ राखेको देखिन्छ । त्यसैगरी वि.पी.को मौलिक दर्शन "प्रजातान्त्रिक समाजवाद"लाई व्याख्या गर्ने क्रममा पनि वि.पी. कोइरालाले साम्यवाद र प्रजातन्त्रको जोड घटाउका आधारमा स्पष्ट पार्छन् । वि.पी. भन्ने गर्थे 'साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ' ।

वि.पी. कोइराला अन्तर आत्मादेखि जति प्रजातन्त्रवादी थिए त्यत्ति नै आर्थिक न्याय र समानताका पनि पक्षपोषक थिए । प्रजातन्त्रलाई जति उनी सभ्य समाज निर्माणको अभिन्न अंग मान्थे, आर्थिक समानतालाई त्यत्ति नै जरुरी ठान्थे । आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको कुशल समायोजन हुन सके नै राष्ट्रियता वा देशप्रेमको भावना बलियो हुने वि.पी.को ठम्याइ थियो । राजनीतिक स्वतन्त्रता भएमा आर्थिक विकासको काम ढिलो हुन्छ भन्ने सतही निष्कर्षका कारण राजा महेन्द्रले वि.पी. कोइरालालाई सिद्धान्तत तिरष्कार गर्न थालेको देखिन्छ । यस्तै विषयमा मतान्तर हुादाको परिणम नै वि.पी. कोइरालाको दुई तिहाइ बहुमत प्राप्त सरकारलाई राजा महेन्द्रले सैन्यशक्तिको बलमा २०१७ मा बर्खास्त गरेका थिए ।

वि.पी. कोइरालाले यस्तो नेपाली समाज निर्माण गर्न खोजेका थिए जहाा खाने लाउने, बस्ने, शिक्षा दिक्षाको व्यवस्था, स्वास्थ्य उपचारको अभावमा मर्न नपर्ने अवस्था हरेकका परिवारमा उपलब्ध होस् । उनी भन्थे 'म चाहन्छु हरेक नेपालीको एउटा घर होस् खान पुग्ने गरी उब्जनी हुने खेतबारी होस्, एउटा/दुईटा दुहुनो गाइ होस्, छोरा छोरी स्कुल जान सकुन्, औषधी उपचार नपाएर मर्न नपरोस्' । मध्यम वर्गीय परिवारको तत्कालीन अवस्थामा यस्तै आर्थिक सामथ्र्य हुन्थ्यो र वि.पी. कोइराला त्यस्तै घर परिवार भएको समाज बनाउन चाहन्थे ।

कृषि व्यवसाय र गाउा नेपालको परिवेशमा अभिन्न छन् । वि.पी. कोइरालाको दृढ विश्वास थियो कि गाउामा बस्ने अधिकांश जनताको कमजोर आर्थिक स्तर उकास्न विकासको अभियान गाउामा व्यवापक रुपमा लैजानु पथ्र्यो र सागसागै कृषि व्यवसायलाई यति सबल बनउानु पथ्र्यो कि सबै कृषक फाटेको टोपी लगाउने र हलो जोत्ने अवस्थाबाट उठेर आर्थिक रुपमा सवल र सुदृढ हुन सकुन् । वि.पी. कोइरालाको २०१६ देखिको १८ महिने प्रधानमन्त्रीत्वकाल यस दिशातर्फ निक्कै क्रान्तिकारी कदमहरुका कारण अझै सम्म स्मरणयोग्य छ । यही बेला नै नेपालमा बिर्ता उन्मुलन भयो । तराइमा अरुको जग्गा अधिया/ठेक्का कमाउने भूमिहीन कृषकहरुलाई जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी कानुन बनाइ 'जस्को जोत उसको पोत' भन्ने नारा दिएर जमिनदारहरुलाई हदबन्दी भन्दा बढी जग्गा राख्न नपाइने नियम अनुसार भूमिहीनहरुलाई जग्गाको पोत(लालपूर्जा) वितरण गर्ने काम सुरुआत भयो । राणाहरुको नाममा रहेका ठूला ठूला दरबारहरु राष्ट्रियकरण गरियो । योजना आयोगको बैठकमा तत्कालीन प्रधानमन्त्री वि.पी.ले गरेको टिप्पणी निक्कै अनुकरणीय रह्यो ।

योजना आयोगको बैठक कक्षमा राजाको फोटो टाागेको देखेपछि वि.पी. कोइरालाले भने 'राजाको फोटो राख्नु भएछ, त्यो ठिकै छ तर नजिकै एउटा टोपीको घेरा फाटेको हलो जोत्दै गरेको किसानको फोटो पनि राखेर यस्तो योजना तयार पारौं कि त्यो किसान अर्को फोटो (राजाको फोटो)को मान्छे जस्तै आर्थिक रुपले सवल हुन सकोस्' देशको आर्थिक विकासको योजनामा किसानलाई केन्द्र विन्दुमा राख्नुपर्ने वि.पी.को यस्तो दृढ मान्यता थियो ।

वि.पी. कोइराला पार्टी नेताको रुपमा मात्र होइन प्रधानमन्त्री कै रुपमा पनि दुर्गम गाउाहरु घुमिरहन्थे । गाउा घुम्ने सिलसिलामा एउटा कााग्रेस कार्यकर्ताले सोधेछन् 'सान्दाजु कााग्रेसको आर्थिक समानताको सिद्धान्त भनेको कस्तो हो' वि.पी. कोइरालाले नजिकैको एउटा सानो र एउटा ठूलो आापको रुखलाई देखाउादै भनेछन् 'कााग्रेसले भनेको आर्थिक समानता भनेको त्यो ठूलो आापको रुखलाई जसले फल दिन्थ्यो) काटेर त्यो सानो जत्रै बनाउने होइन, त्यो सानो रुखलाई धेरै मलजल गरेर त्यो ठूलो रुखलाई जस्तै उत्पादन दिने बनाउनु हो । वि.पी.कोइरालाको एउटा तारिफ योग्य क्षमता भनेको समय, सन्दर्भ र कार्यकर्ता समर्थकहरुको बुझ्ने क्षमतालाई ख्याल गरी आफ्नो विचार प्रष्टसाग सरल भाषामा बुझाउने कला पनि रहेको देखिन्छ माथिको वार्तालापमा अर्थशास्त्रको सिद्धान्तका आधारमा हेर्दा उत्पादन वृद्धिमा जोड दिई आर्थिक असमानताको खाडललाई कम गर्ने दृष्टिकोणलाई आापको उदाहरणबाट वि.पी.ले प्रष्ट पारेका छन् । कार्लमाक्र्सको साम्यवादको सिद्धान्तलाई पनि वितरणमुखी भएको आरोप लगाउनेहरु छन्। कार्लमाक्र्सले औद्योगिक उत्पादनका क्रममा श्रमिकहरुमाथि ज्यालामा हुने शोषण वा सामन्ती प्रथामा जमिनमा काम गर्ने श्रमिकहरुमाथि हुने शोषणको अन्त्य गर्ने एकमात्र उपाय भनेको त्यस्ता उद्योग या जमिनको निजी स्वामित्व सम्पूर्ण रुपमा नष्ट गर्नु हो भनेका छन् । वि.पी. कोइराला लगायतका स्वतन्त्रताप्रेमी समाजवादीहरु भने शोषण अन्त गर्न दृढ भए पनि निजी स्वामित्व (व्यक्तिगत सम्पत्ति) पूर्ण अन्त गरेर शोषण अन्त नहुने तर्क गर्दछन् । १९७०–१९८० दशकमा पूर्वी यूरोपका देशमा मजदुरहरुले कम्युनिष्ट शासनका विरुद्ध ठूलो शोषणको मारमा परेको पीडाबाट छुटकारा पाउनका लागि भन्दै आन्दोलन गर्दै कम्युनिष्ट सत्ता ढालेका थिए । यसलाई दृष्टिगत गर्दै प्रजातान्त्रिक समाजवादीहरुले शोषणलाई अन्त गर्नका लागि विधिको शासन (च्गभि या ीप्बध) मा जोड दिए नेदरल्याण्ड, स्पेन, इङ्लैण्ड, स्वीजरल्याण्ड जस्ता देशहरुमा आर्थिक समानता र शोषणको अन्त्यका लागि च्गभि या ीबध नै प्रभावकारी उपाय भएको देखिन्छ । ति मुलुकहरुमा पैतृक सम्पत्ति माथि सन्तानको पूर्ण हक लाग्ने हाम्रो मुलुककै जस्तो चलनलाई वैज्ञानिक रुपले परिमार्जन गरी केही निश्चित मात्रा (२५–७५%) सम्पत्ति मात्र सन्तानहरुले हकदावी गर्न पाउने र अन्य बााकी सम्पत्तिको मात्रा राज्यको मातहत रहने मध्यमार्गी विधि पनि अपनाएको पाइन्छ । आफ्नो सम्पूर्ण सम्पत्ति माथि सन्तानको हक लाग्ने अवस्था नरहेपछि भ्रष्टाचार या अबैध धन्दा गरी सम्पत्ति थुपार्ने प्रवृत्ति स्वत हट्ने अवस्थाले पनि ती मुलुकहरुके आर्थिक न्याय र समानता उदाहरणीय रहेको पाइन्छ । तत्कालीन परिस्थितिमा जग्गाको हदबन्दी निर्धारण गरी नेपाली कााग्रेसको सरकारले आर्थिक न्याय र समानता स्थापित गर्न वि.पी.को चाहना बमोजिम आफ्नो समाजवादी कार्यक्रमको झलक दिन खोजेको देखिन्छ । सागसागै अथाह सम्पत्ति जोड्न खोज्ने लोभलाई तिनै युरोपियन मुलुकले जस्तै ९च्गभि या ीबध० विधिको शासनका आधारमा व्यवस्थित गर्न खोजेको देखिन्छ ।

वास्तवमा वि.पी.कै सिद्धान्तको मर्मलाई आत्मसात् गर्ने हो भने नेपाली कााग्रेस पार्टी समाजवादी बाटोबाट दायाा बायाा गर्नै मिल्दैन । वि.पी.ले आर्थिक समानतालाई व्यक्तिको स्वतन्त्रताबाट अलग गर्न नसकिने साश्वत ज्ञानलाई आत्मसात् गरेकै कारण उनी माक्र्सका पूर्ण समर्थक हुन नसकेका हुन् । माक्र्सले देखाएको शोषण रहित समाज निर्माणमा पुग्न निजी सम्पत्ति, निजी विचार र मान्यता, अनि दल संगठन र समूहबीचको प्रतिस्पर्धा तथा सह कार्य एवं सदासयताबाट मात्रै सम्भव हुने निष्कर्षमा वि.पी. पुगेको कुरा उनका लेख, भाषण, कार्यक्रम र अन्तरवार्ताहरुमा अभिव्यक्त भएको देखिन्छ । वि.पी. बहुलवादी हुन् । विभिन्न राजनैतिक सामाजिक, आर्थिक विचारहरुको ससम्मान अस्तित्व र क्रियाशीलता मुलुकको हितमा अपरिहार्य देख्नु नै बहुलवाद हो । मदन भण्डारीले पृष्ठपोषण गरेको बहुदलीय जनवाद पनि सारमा वि.पी. कोइरालाको प्रजातान्त्रिक समाजवाद साग मिल्दोजुल्दो देखिन्छ । यद्यपि उनको कम्युनिष्ट दर्शनप्रतिको जड लगावले गर्दा उनको 'बहुदलीय जनवाद' कुनै संक्रमणकालीन अवधिको कार्यक्रम मात्रै हो कि जस्तो देखिन्छ । जस्तो एकीकृत माओवादीको पूाजीवादी उत्पादनमुखी क्रान्तिलाई उनीहरुको दस्तावेजले नै संक्रमणकालीन कार्यनीतिका रुपमा मात्र अपनाएको देखिन्छ ।

पछिल्ला वर्षहरुमा एमालेले लोकतन्त्र प्रति देखाएको सम्मान र दस्तावेजमा उल्लेखित प्रतिबद्धता जस्तै एमाओवादीले पनि लोकतन्त्रलाई स्वीकार गरी आवधिक निर्वाचन मार्फत जनप्रतिनिधिद्वारा गरिने शासन व्यवस्थालाई आत्मसात् गर्ने र त्यो कुनै युद्धजन्य रणनीतिको रुपमा नभै मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार्दै जाने हो भने अब यस्तो निष्कर्ष निकाल्न हिच्किचाउनु पर्दैन कि ढिलो चााडो वि.पी.को प्रजातान्त्रिक समाजवाद नै विभिन्न रुप र नाममा नेपाली समाजको मार्ग निर्देशक सिद्धान्तका रुपमा अंगिकार हुने क्रममा छ ।

तर वि.पी. कोइरालालाई देवत्वकरण गर्ने दल नेपाली कााग्रेसमा नै समाजवाद प्रतिको निष्ठा र अविच्छिन्नतामा विश्वास गर्न सकिने देखिादैन । २०४७ पछि नेपाली कााग्रेसको सरकारले ल्याएका आर्थिक नीतिहरु वि.पी.को समाजवादी दर्शनलाई पृष्ठपोषण गर्ने खालको देखिादैन । कम्तीमा यो पार्टी सम्पत्तिको हदबन्दी तोक्ने, प्रगतिशील कर प्रणाली मार्फत निजी उद्यमीलाई हतोत्साहित नगरी राज्यको ढुकुटीमा धेरै धेरै पूाजी जम्मा गरी कल्याणकारी काममा राज्यको सरोकार र चासो व्यापक बनाउादै लाने, तथा राष्ट्रिय उद्योग एवं उद्यमीहरुलाई स्थानीय स्रोत साधन परिचालन गर्न प्रेरित गर्दै राष्ट्रिय उद्योगको प्रबद्र्धन गर्ने जस्ता समाजवादी कित्ताका कार्यक्रमहरु बाट भाग्न खोज्नु हुादैन । वर्तमान सन्दर्भमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरु जुनसुकै नाम दिएर भए पनि वि.पी. कोइरालाको आर्थिक समानता र राजनीतिक स्वतन्त्रतालाई सागै नार्ने प्रजातान्त्रिक समाजवादको वरपर रहेर हिंड्न खोज्दै गर्दा वि.पी.को आफ्नो पार्टीले कार्यकर्ता एवं सुभेच्छुकहरुलाई समाजवादी आर्थिक कार्यक्रमका बारेमा व्यापक प्रशिक्षण दिइ पार्टीलाई बलियो प्रजातान्त्रिक समाजवादी दलको रुपमा उभ्याउन सके मात्र वि.पी.प्रति सच्चा निष्ठा हुने देखिन्छ ।

Source: http://www.edhaulagiri.com/?p=5715

Back