Social Inclusion
Print Friendly and PDF

  • "नेपाली काँग्रेस र दलित : पहिलो महामन्त्री धनमानसिंह परियार" - त्रिभुवनचन्द्र वाग्ले (१० जेष्ठ २०६४, गोरखापत्र)

  • आज नेपाली राजनीतिमा समावेशीकरणको जुन माग र आवश्यकता देखिएको छ, ती माग र आवश्यकता यसअघि नाराका रूपमा र्सार्वजनिक भएका थिएनन् तर त्यतिखेर मुलुकको प्रतिनिधि राजनीतक संस्था नेपाली काँग्रेसको सङ्गठनदेखि पहिलो निर्वाचित प्रजातान्त्रिक सरकारसम्मको जातीय सहभागितालाई हेर्ने हो भने राज्यसंरचनामा विविध क्षेत्र तथा जातीय समावेशीकरणको सुरुवात नेपाली काँग्रसले विगतमा नै गरिसकेको थियो । यसैको उदाहरण हुनुहुन्छ नेपाली काँगे्रसका महामन्त्री जस्तो गरिमामय र प्रभावशालीपदमा पुग्नुभएका धनमानसिंह परियार । नेपाली काँग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालासँग अत्यन्त नजिक रहेर प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुनुभएका धनमानसिंह परियार सो पार्टीको महामन्त्री हुने पहिलो दलित व्यक्ति हुनुहुन्छ ।

    धनमानसिंह परियार वि.सं. २००३ देखि नै नेपाली काँग्रेसमार्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थो । बनारसमा रहेका नेपालीहरूले वि.सं. २००३ साल कात्तिक १५ गते -१९४५ अक्टोबर ३१) का दिन बनारसको तेलियावागमा एउटा राजनीतिक सङ्गठन गरी अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए । सो पार्टीको अध्यक्षमा देवीप्रसाद सापकोटा, उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्री कृष्णप्रसाद भट्टर्राई, प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टर्राई तथा सदस्यहरूमा बटुकप्रसाद भट्टर्राई, नारायणप्रसाद भट्टर्राई र नरेन्द्र रेग्मी छानिए । यस राजनीतिक दलको घोषणापत्र तयार गरी व्यापक प्रचारप्रसार गर्न सन् १९४७ जनवरी २५ र २६ अर्थात् वि.सं. २००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा भारतमा रहेका र नेपालबाट कार्यक्रममा भागलिन गएका नेपालीको बृहद् सम्मेलनको आयोजना गरियो । नेपाली प्रजातान्त्रिक आन्दोलनको इतिहासमा महत्वपूर्ण मोड ल्याएको उक्त सम्मेलनमा काठमाडौँबाट सूर्यबहादुर भारद्वाज, गणेशमान सिंह, सुन्दरप्रसाद चालिसेलगायतको उपस्थिति थियो । विश्वेश्वरप्रसाद कोइराला, डिल्लीरमण रेग्मी र धनमानसिंह परियार लगायतका भारतमा रहेका केही जुझारु नेपाली भारतबाटै सो सम्मेलनमा सहभागी हुनुभएको थियो । त्यसबेलादेखि नै धनमासिह परियार बीपीको सान्निध्यमा हुनुहुन्थ्यो ।

    वि.सं. २००९ - नेपाली काँग्रेसको जनकपुर अधिवेशनबाट वि.सं.२०१२ सम्म धनमानसिंह परियार र राजेश्वरीप्रसाद उपाध्ययसँंगै महामन्त्री हुनुभएको थियो । धनमानसिंहका साथी तथा काँग्रेसका पुराना कार्यकर्ता समरबहादुर परियार -कास्की)का अनुसार, धनमानसिहं परियार २०१२ साल जेठ २ गते अर्थात काँग्रेसको वीरगञ्ज अधिवेशनसम्म सो पार्टीको महामन्त्री हुनुहुन्थ्यो । समरबहादुर परियारका अनुसार धनमानसिंह परियारलाई बोन टि.बि भएका कारण घाँटी र्-गर्दन) ढल्काएर हिंड्नुहुन्थ्यो । उपचारको सिलसिलामा उहाँ लामो समयसम्म काठमाडौँको टोखामा बस्नुभएको थियो । धनमानसिह परियार वि.सं.२०१२ सालमा नेपाली काँग्रेसको राष्ट्रिय अधिवेशनको सिलसिलामा रिटेरिङ् अफिसर भई पोखरा पुग्नुभएको र त्यहाँ स्थानीय दर्जीहरूको भेला गर्राई उनीहरूलाई सङ्गठित गर्नुभएको यियो । महामन्त्री धनमानसिंंह परियारको पहलमा पश्चिम क्षेत्रका परिगणित जातिका कार्यकर्ताको सम्मेलन गर्राई उनीहरूलाई गोलबद्ध गर्नुभएको थियो । त्यसका लागि उहाँले पोखरामा दिलबहादुर परियार, गणेश परियार, समरबहादुर भित्रकोटीको सहयोग लिनुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका दिलबहादुर परियार खासै चर्चामा हुनुहुन्न तर दिलबहादुर परियारसँगको भेटमा -वि.सं. २०६१ असार १४ गते) यस पङ्क्तिकारसँग उहाँले तत्कालीन प्रशासनको कडा दबाबले गर्दा वि.सं.२००७ को जनक्रान्तिको लागि पोखरामा आवश्यक नेपाली काँग्रेसको झन्डा कसैले पनि सिउने हिम्म्ात नगरेपछि आफू र छोरा गणेश परियारले रातारात करिव पाँच छ सय झन्डा सिएको जानकारी दिनुभएको थियो । "चार सहिदको प्रतीक काँग्रेसको चारतारे झण्डाको ज्यादै माया लाग्छ" वयोवृद्ध दिलबहादुरले सो भेटमा गम्भीर हुँदै भन्नुभएको थियो ।

    धनमानसिंह पयिारसँग केहीसमय सँगै काम गर्नुभएका दिलबहादुर परियारका अनुसार उहाँको जन्म वि.सं.१९७४ तिर भएको हुनुपर्दछ । दिलबहादुर र धनमानसिंहको उमेर करिव बराबर थियो । तर धनमानले दिलबहादुरलाई दाई भनेर सम्बोधन गर्नुहुन्यो । दिलबहादुरको जन्म वि.सं.१९७२ साल असार ३ गते भएको थियो । पूर्वी नेपालको पहाडतिरबाट धनमानका केही पुस्ताहरू भारतको दार्जीलिङ क्षेत्रमा गएको र उहाँको जन्म त्यहाँ नै भएको हुनसक्ने अनुमान नेपाली काँग्रेसका युवानेता तथा नेपाली काँगे्रसको इतिहासका जानकार...read more