नेपाली कांग्रेसका विगतका महाधिवेशनहरु (१ आश्विन २०६७, मेचीकाली डट कम)
Print Friendly and PDF

पहिलोः वि.सं. २००३ मा भारतको कोलकोतामा भएको सम्मेलनले जेलमा रहनुभएका टङ्कप्रसाद आचार्य सभापतिमा चयन र वी.पी. कोइरालालाई सभापतिको जिम्मेवारी दिएको थियो ।

दोस्रोः वि.सं. २००४ मा भारतको बनारसमा भएको दोस्रो महाधिवेशनले जेलमा रहनुभएका वी.पी. लाई सभापति र डिल्लीरमण रेग्मीलाई कार्यबाहक सभापति चयन गरेको थियो ।

तेस्रोः २००५ मा भारतकै दरभङ्गामा सम्मपन्न जेलमा रहनुभएका वी.पी. कोइराला नै सभापतिमा चयन, मातृकाप्रसाद कोइराला कार्यबाहक सभापति ।

चौथोः २००६ मा कोलकोतामा सम्पन्न महाधिवेशनमा मातृकाप्रसाद कोइराला सभापतिमा निर्वाचित ।

पाँचौँः २००९ मा जनकपुरमा सम्पन्न महाधिवेशनमा वी.पी. कोइराला सभापतिमा निर्वाचित ।

छैटौँः २०१२ मा वीरगन्जमा सम्पन्न महाधिवेशनबाट शुवर्ण शमशेर सभापतिमा निर्वाचित ।

सातौँः २०१४ मा विराटनगरमा सम्पन्न महाधिवेशनबाट वी.पी. कोइराला सभापतिमा निर्वाचित ।

आठौँः २०४८ मा झापाको कलबलगुडीमा सम्पन्न महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित ।

नवौँः २०५३ मा काठमाडौँमा सम्पन्न महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित ।

दशौँः २०५७ मा पोखरामा सम्पन्न महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित ।

एघारौँः २०६२ मा काठमाडौमा सम्पन्न महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित । भापति काइरालाको २०६६ चैत ७ गते निधन । सुशील कोइराला कार्यवाहक सभापति ।

बाह्रौँ महाधिवेश २०६७ असोज १ गतेदेखि काठमाडौँमा सुरु

Back