"जनताको स्मृतिभित्र वीपी कोइराला" - शोभा अधिकारी (२०७० आषाढ ८, shobhaadhikari.blogspot.com)
Print Friendly and PDF

नेपाली जनताको स्मृतिभित्र वीपी कोइराला असल राजनेताको रुपमा अटाएका छन् । १९७१ भदौ २४ मा जन्मिएर मृत्यु पर्यन्त २०३९ साल साउन ६ गते सम्म लोकतन्त्रको लागि संघर्षशिल वीपी कोइराला बात हाम्रा नेताहरुले धेरै प्रेरणा लिन सक्छन् । नेता न सवै जना बन्न सकिएला । तर राजनेता बन्न त्याग, तपस्या, निष्ठा, प्रतिवद्धता, विचार र योजना चाहिन्छ । वास्तवमा वीपी कोइराला विचार र योजनाको बहुमुखी व्यक्तित्व नै हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा वीपीको योजना हाम्रो गाउँको विकास संग जोडिएको थियो । वीपी कोइरालाले भन्नु भएको थियो '' हाम्रो मुलुक गरिब छ । हाम्रो मुलुक किसानहरुको मुलुक हो । जसले किसानहरुको हलो जोत्नेहरुको भलाइ गर्छ । जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसहरुको अवस्थालाई चिनेको छ, गाउँको भलाईको जुन नीति छ, जुन कार्यक्रम छ त्यही समाजवादी नीति र कार्यक्रम हो ।'' विश्वेश्वर प्रसाद कोइरालाको विकासको यो योजना हो, यो विधि अहिले पनि हाम्रो देशको परिवेशमा अत्यन्त महत्वपूर्ण छ । विकासको सन्दर्भमा वीपी कोइरालाको समाजवादी कार्यक्रम र योजना व्यवहारमा लागु गर्ने हो भने विकासको नयाँ चरणमा हामी प्रवेश गर्नेछौं । र वीपी कै सोचमा वास्तविक नेपाल निर्माण हुने छ ।

हाम्रो देशमा राजनीति एउटा यस्तो उद्योग बनेको छ यहाँ उत्पादन हुन्छ तर वितरण गर्न सकिन्न । यो देश मेरो हो । यो देशमा विकास नै मेरो विकास हो भन्ने सोंच देखिन्न । अविकसित र अशिक्षित समाजको दरिद्री नेता बनेर गर्व गर्ने राजनीतिज्ञहरुले वीपीबाट केही सिकुन् । वीपी कोइरालाको विचार र योजना कस्तो थियो ? वीपीले विकासको सन्दर्भमा हलो जोतिरहेको किसानलाई किन नसमेट्नु भएको थियो ? सम्पूर्ण नेपाली जनतालाई आपूm जस्तै मध्यम परिवार सरह, आपूm जस्तै जीवन यापन गराउने वीपीको सिद्धान्त किन र कसरी महत्वपूर्ण थियो ? यस तर्पm ध्यान दिनु आज उत्तिकै सान्दर्भिक छ । वीपीको राजनैतिक जीवन पद्दतीबाट हामीले धेरै ज्ञान प्राप्त गर्न सक्छौं । लोकतान्त्रिक राज्य व्यवस्था र यसको सिस्टम भनेको के हो ? कस्तो हो ? यी विषयवस्तुहरुमा वीपीको जीवन पद्दतिले हर हमेसा तपाई हामीलाई एउटा उर्जा प्रदान गर्दछ । नेपाली समाजमा हुने सामाजिक शोषण, अध्याय र अत्याचारको विरुद्ध वीपी कोइराला जसरी डटेर लड्नु भएको थियो त्यस्तो महान् नेताको खड्को छ आज ।

हाम्रो देशमा राजनीति नामको जुन उद्योग छ । यसको संचालन गरेर रातारात धनी बन्ने, भ्रष्टचार गर्ने, गुण्डाहरुलाई संरक्षण गर्ने, गरिब जनतामाथि शोषणको बुट वजार्ने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी मच्चाउने, कुटनितिक राहदानीको दुरुपयोग गर्ने आफ्नो परिक्षा अरुलाई दिन लगाउने यस्तो मनोवृत्ति चरित्र बोकेकाहरु राजनीतिक पेशामा संलग्न छन् । यस्तो विकृत संस्कार वोकेको राजनीतिक उद्योगलाई टुलुटुलु हेरेर वस्न जनता वाध्य छन् । जनताको प्रतिनिधित्व गर्ने असल राजनेताको अभाव छ देशमा । त्यही भएर पनि वीपी कोइरालालाई हामी अत्यन्त सम्झन्छौं । वीपी जहिले पनि भन्नुहुन्थ्यो ''मानिस ठूलो बन्न खोज्ने होइन, असल व्यक्ति हुनुपर्छ ।'' तर हाम्रो देशमा आजको राजनीतिक परिवेशलाई नियाल्ने हो भने कोही कतै यस्तो विचार भएको पाइदैन । व्यक्तिगत र दलिय स्वार्थमा नेताहरु चुर्लुम्म डुवेका छन् । तर देशमा भोका, नाङ्गा, गरिबहरु आज पनि आफ्नो समस्याहरुको समाधानका लागि चिच्याइरहेका छन् । तसर्थ आज वीपी कोइराला जस्तै गरिब र किसानहरुको पक्षमा वकालत गर्ने महान नेताको आवश्यकता महशुस भैराखेको छ ।

वीपीको व्यवहार पनि उच्च थियो । सरल जीवन, सत्य चिन्तन र पवित्र मनले गर्दा नै वीपी कोइराला एउटा खुल्ला पुस्तक हुनुहुन्थ्यो । जसलाई जतिखेर पनि पढ्न सकिन्थ्यो । दुःख, कष्ट, यातना र विपत्ती मानव जीवनको चक्र हो । यस सन्दर्भलाई राम्ररी बुभ्mनु भएका वीपी व्यक्तिगत स्वार्थ त्यागेर जनताको पक्षमा आवाज उठाउने कार्यको लागि सवैलाई हौसला र प्रेरणा दिनु हुन्थ्यो । वीपी कोइराला बहुमुखी व्यक्तित्वको धनी हुनु हुन्थ्यो । उहाँ कानुनविद हुनुहुन्थ्यो, समाजवादी र जीवनको कुशल व्याख्याता वीपीको खास छवि बन्न पुग्यो । प्रजातन्त्र र साहित्य सिर्जना वीपीको प्रमुख गन्तव्य थियो । उहाँको राजनीतिमा साहित्य सिर्जनाले नौलो आयाम थप्ने कार्य ग¥यो । सिर्जनशिल र वौद्धिक क्षमताले वीपीलाई विश्व सामु ख्याती प्राप्त बनायो । वीपीका राम्रा गुणहरु धेरै छन् । न्युनतम आवश्यकतामा रहेर जीवन निर्वाह गर्नु पर्दछ भन्ने सोचाई राख्नुहुन्थ्यो । विलासिताका वस्तुहरुले वीपीलाई कहिल्यै आकर्षण गरेन । तसर्थ यीनै विविध कारणहरुले गर्दा वीपी कोइरालालाई नेपाली जनताले महामानवको रुपमा मानेका छन् ।

''हाम्रो देशमा १०० मा नब्बे जति मानिसहरु गरिब छन् । कुटी, कोदालो गरेर गाउँमा बस्छन् जसलाई खान लाउन पुग्या छैन । नेपाल भनेको तिनै १०० मा नब्बे मानिस हुन् । जब म नेपालको कल्पना गर्छु, त्यसवेला तिनै गरिब दाजुभाईहरुको तस्विर मेरो अगाडी आउँछ । मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुसारको तस्विर । अनि मलाई लाग्दछ, यी रोगी खान नपाएको अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा जाओस, हाँस्न नपाएको ओठमा हाँसो आओस् रोगीले औषधीमुलो पाओस्, केटाकेटीले पढ्न पाउन् भनेर नै हामी राजनीतिमा लागेका होइनौं ।''

हाम्रो देशको सन्दर्भमा वीपी कोइरालाको यस्तो परिकल्पना थियो । भोक, रोग, अशिक्षा र गरिबीबाट मुक्त समाज वीपीको परिकल्पना हो । र वीपीले देशको सन्दर्भमा व्यक्त गर्नु भएको १०० मा नब्बे जति कुटी कोदालो गरेर बस्ने गरिबहरु नै वास्तविक नेपालको चित्र हो । तर आज ती गरिबहरुको विषयमा कसले सोच्ने ? काँग्रेस आपूmलाई सच्चा समाजवादी ठान्छ । तर काँग्रेसमा धेरैलाई समाजवादको अर्थ सम्म थाहा छैन । समाजवाद भनेको भोका, नाङ्गा, गरिब जनताको जीवन स्तर संग गाँसिएको प्रश्न हो । शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, जनताको सुरक्षा नै समाजवादी खुड्किलो हो । यो दायित्व पुरा गर्न सक्ने राज्य नै समाजवादी राज्य व्यवस्था हो । जनतालाई गाँस, वास र छहारी कसरी दिने, सम्पूर्ण गरिब किसानका छोरा–छोरीलाई कसरी शिक्षित बनाउने, किसानहरुको घरमा विकासलाई कसरी पु¥याउने ? देशको कुनाका गाउँहरुमा विकासको सम्पूर्ण अवसर कसरी वाँड्ने ? यि प्रश्नहरुलाई व्यवहारमा कार्यन्वयन गरेर मात्र समाजवादको गन्तव्यमा पुग्न सकिन्छ । र वीपीको प्रजातान्त्रिक समाजवादी पद्धतीलाई व्यवहारमा ढाल्न सकिन्छ ।

प्रकाशित मिति: २०७० आषाढ ८, shobhaadhikari.blogspot.com

Back