"मानिसका लागि भोलि सधैं रहिरहन्छ", विश्वेश्वरप्रसाद कोइराला (अन्तरवार्ता), (गोरखापत्र, भाद्र २२, २०६५)
Print Friendly and PDF

प्रखर राजनीतिज्ञ एवम् चिन्तक स्वर्गीय बीपी कोइरालाको राजनीतिक एवम् साहित्यिक व्यक्तित्वबारे नेपालीहरू अनभिज्ञ छैनन् । तथापि उहाको साहित्यिक, सांस्कृतिक सोच, चिन्तन, अध्ययन तथा रुचिका पक्ष यति विशद र रोचक छ, त्यसबारे सम्भवतः धेरैलाई जानकारी नहोला । बीपी कोइरालाको ९५ औ जन्म जयन्तीको उपलक्ष्यमा श्रद्धाञ्जलिस्वरूप साभार प्रस्तुत छ, भोला चटर्जीद्वारा लिखित "बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व" बाट लिइएको अन्तरवार्ताको प्रमुख अंशः

अब तपाईंका साहित्य क्रियाकलापहरूबारे केही कुरा गरौं । तपाइंले लघुकथा, निबन्ध, उपन्यास, राजनीतिक लेख आदि कहिलेदेखि लेख्न थाल्नुभयो ? संगीतप्रति तपाइंको रुचि कस्तो छ ? भारतीय, नेपाली वा पश्चिमेली शास्त्रीय संगीतमध्ये कस्तो संगीत मन पराउनु हुन्छ ? तपाईंलाई मन पर्ने खास पश्चिमेली शास्त्रीय संगीतकार कुनै छन् कि ? भारतीय, अङ्ग्रेजी, युरोपेली र नेपालीमध्ये तपाईंले रुचाएका लेखकहरू नि ? तीमध्ये राजनीतिक तबरले तपाईं कसबाट सबभन्दा बढी प्रभावित हुनुहुन्छ ? गान्धी र जयप्रकाशमा जस्तै तपाईंको राजनीतिक सोचाइमा पनि प्रचलित धाराको विपरीत विचार प्रबल रहेजस्तो मलाई लाग्दछ । के मेरो यो सोचाइ ठीक हो ?

मैले १९२९ तिरबाट लेख्न थालें र नौ कक्षाको विद्यार्थी हुदादेखि नै मेरा लेखहरू भारतीय पत्रिकाहरूमा छापिन थालेका हुन् । तिनताका प्रेमचन्द -हिन्दीका मूर्धन्य साहित्यकार मुन्सी प्रेमचन्द) को सम्पादनमा एक सुप्रसिद्ध पत्रिका निस्कन्थ्यो । म उहा र शान्तिपि्रय द्विवेदी भन्ने अर्का समालोचकप्रति अत्यन्त आभारी छु । बनारसबाट प्रेमचन्दले 'हंस' भन्ने एक साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशन गर्नुहुन्थ्यो । म बनारसमा विद्यार्थी छादा उहा र द्विवेदीजीको सम्पर्कमा आए । बाल्यकालको प्रयासको रूपमा मैले एउटा कथा लेखें र प्रेमचन्दले त्यो कथा पढ्नुभयो । उहाले त्यसलाई सच्याइदिनुभयो, सिलसिला मिलाइदिनुभयो र मलाई फेरि लेख्न लगाउनुभयो । मैले उहाको निर्देशनमुताविक लेखे र उहाले त्यसलाई आˆनो पत्रिकाको अर्को अङ्कमा छापिदिनुभयो । म ज्यादै छोटा गेय खालका, जस्तै एक-दुई पृष्ठसम्मका कथा लेख्थें, प्रेमचन्दले मलाई प्रोत्साहित गर्नुहुन्थ्यो ।

त्यसो भए साहित्यिक क्रियाकलापहरूका सम्बन्धमा त प्रेमचन्द तपाईंका गुरु पो हुनुहुन्थ्यो ?

हो, साच्चै हो । उहा ज्यादै सरल व्यक्ति हुनुहुन्थ्यो । त्यस बेला म विद्यार्थी थिए, त्यो पनि नेपाली विद्यार्थी । म बनारसको नभै एक बाहिरिया मानिस भए पनि उहा मलाई खुबै मन पराउनुहुन्थ्यो । म -जयशङ्कर) प्रसाद भन्ने एक महान् भारतीय कविको सम्पर्कमा पनि आए । कला र साहित्यविद् अर्का एकजना विख्यात लेखक रायकृष्णदास पनि हुनुहुन्थ्यो जो बनारस हिन्दू विश्वविद्यालयमा कला संस्थानका निर्देशक हुनुभयो । म त्यसै समूहमा थिए र उहाहरूका सबै छलफल ध्यानपूर्वक सुन्ने गर्थें । मेरो पहिलो कथा 'हंस' मा र अरू एक-दुई वटा कलकत्ताको 'मोडर्न रिभ्यू' समूहले हिन्दीमा प्रकाशित गर्ने 'विशाल भारत' नामक पत्रिकामा छापिएका थिए ।

तपाईंले भन्न खोज्नुभएको पत्रिका रामानन्द चटर्जीको 'मोडर्न रिभ्यू' हो कि ?

हो । म उहाका छोरा केदार चटर्जीलाई चिन्दथें । म रामानन्द चटर्जीका घरमा जाने गर्थे । विशाल भारतका सम्पादक -बनारसीदास) चतुर्वेदी हुनुहुन्थ्यो, जो अझ पनि जीवितै हुनुहुन्छ । उहाले मेरो कथा मन पराउनुभएकाले त्यो प्रकाशित भयो । यी दुई ज्यादै प्रतिष्ठित पत्रिकाहरूले मेरा कथा छापे ।

विशाल भारत कहाबाट प्रकाशित हुन्थ्यो ?

कलकत्ताबाट । प्रवासी, मोडर्न रिभ्यू र विशाल भारत कलकत्ताबाट निस्किन्थे । नेहरूले आफ्नै बारेमा लेखेको एउटा लेख मोडर्न रिभ्यूमा चाणक्यको उपनामबाट छापिएको कुरा केदार चटर्जीबाट मैले थाहा पाए । शुरुआत यसरी भयो । ती कथाहरूप्रति दार्जिलिङको सरकारी स्कुलमा अध्यापन गर्ने नेपाली समालोचक ज्ञवालीको ध्यान आकृष्ट भयो ।

ज्ञवालीको पूरा नाम के हो ?

सूर्यविक्रम ज्ञवाली । उहाले मलाई हिन्दीमा होइन, नेपालीमा लेख्नुपर्छ भनी बनारसमा पत्र पठाउनुभयो । त्यसपछि १९३० को दशकको शुरुतिर जस्तो लाग्छ, मैले नेपालीमा एउटा कथा लेखें जुन काठमाडौंबाटै प्रकाशन हुने एउटा प्रतिष्ठित पत्रिकामा छापियो र त्यसले साहित्यिक क्षेत्रमा खैलाबैला नै मच्चायो किनभने तिनताका कथालेखन उति विकसित भएको थिएन, केवल पौराणिक वा प्रतीकात्मक कथा मात्र लेखिन्थे । मेरा कथाहरू महिलावर्गका समस्या यौनसम्बन्धी विषय, जीवनप्रतिको उदासीनता जस्ता मनोवैज्ञानिक विषयमा आधारित हुन्थे ।

तपाई नेपाली साहित्यका पथप्रदर्शक नै हुनुहुन्थ्यो भनु कि ?

शैलीका दृष्टिले मेरा कथाहरू नेपाली साहित्यमा एक किसिमको नया प्रयोग थिए र म तुरुन्तै प्रसिद्ध भए । मैले केही कथाहरू लेखिसकेकाले नेपाली साहित्य सम्मेलन नामक दार्जिलिङको एउटा साहित्यिक संगठनका सचिव सूर्यविक्रम ज्ञवालीले त्यसै बेला आफूले नेपाली कथासंग्रह प्रकाशन गर्न लागेको हुदा त्यसका लागि केही नया कथाहरू लेख्न मलाई पत्र पठाउनु भयो । मैले तीनवटा कथा लेखेर पठाए जसलाई समालोचकहरूले खुबै सह्राए । त्यसपछि सूर्यविक्रमले मेरा सबै कथाहरूके संग्रह प्रकाशन गर्न चाहनुभयो र मैले सहमति दिए । म जे लेख्थें तिनले जनमानसमा प्रभाव पार्थे र चर्चाका विषय हुन्थे ।

त्यसपछि १९४२ मा म पक्राउमा परें । मेरा कथाहरू छापाखानामा भएको बेलामा नै ज्ञवालीजी पनि गिरफ्तार हुनुभयो र पाण्डुलिपि जफत गरियो । म १९४६ मा छुटें र मेरा कथाहरूको संग्रह १९४७-४८ तिर प्रकाशित भयो । त्यसले गर्दा मप्रतिको जनअभिरुचि निकै बढ्यो । काठमाडौंमा पक्राउमा परेको बेला जेलमा अत्यन्त दयनीय अवस्थामा रहनुपरेकाले गम्भीर विषय लेख्नुपर्छ भन्ने विचार मेरो मनमा आयो । मलाई अस्तित्वको निम्नतम बिन्दुमा पुगेको जस्तो भान भयो ।

तपाईंले जीवनको अग्निपरीक्षा सामना गर्नुपर्यो हैन त ?

हो, त्यसो भन्न सक्नुहुन्छ । तब मैले गम्भीर विषयहरूमा लेख्न थालें ।

यहानेर तपाईंलाई आन्द्रे माल्रोको 'म्यान्स फेट' -मान्छेको भाग्य) बाट प्रभावित भएको भन्न मिल्छ कि ?

हैन, त्यस बेलासम्म मैले त्यो पुस्तक पढेको थिइन, जेलमा पढें । आठ कक्षामा पढ्दादेखि नै म युरोपेली लेखकहरूका पुस्तक पढ्ने गर्थे । म फ्रान्सेली र रसियाली लघुकथाहरूबाट औधि प्रभावित थिए ।

केही लेखकहरूको नाम बताउन सक्नुहुन्छ ?

रसियाली साहित्यका हकमा म सबै महìवपूर्ण रसियाली लेखकहरूः पुस्किन, दोस्तोएभ्स्की, टल्सटाय, तुर्गेनेभ, चेखोब, गोर्की मन पराउथें । टल्सटायलाई म संसारकै सबैभन्दा महान् साहित्यिक व्यक्तित्व मान्दछु । तर कथालेखनका शैलीमा भने म चेखोबबाट अत्यधिक प्रभावित थिएा । फ्रान्सेली लेखकहरूमध्ये एनातोले फ्रान्स र मोपासाका लघुकथाहरू मन पर्छन्, हृयूगोको शैली भने बढी रोमान्टिक छ ।

आन्द्रे माल्रो, फ्रास्वा मौरिक, आन्द्रे गिद नि ?

आन्द्रे गिदलाई मन पराउछु तर एनातोले फ्रान्स र मोपासालाई जत्ति होइन । आचारशास्त्र र नैतिकतासम्बन्धी समस्याका सन्दर्भमा मनोविज्ञानप्रति पनि मेरो अभिरुचि जाग्यो र अल्बर्ट कामु मेरा मनपर्ने लेखक हुनपुगे नकि सार्त्र । सार्त्रको अस्तित्ववादलाई मैले नेपालीमा प्रवेश गराएजस्तो लाग्छ । अल्बर्ट कामुलाई पनि मैले साहित्यमा भित्र्याए। यसरी सार्त्र र कामु यहा लोकप्रिय भए ।

अस्तित्ववादी दर्शनले तपाईंको सोचाइ र जीवनप्रतिको दृष्टिकोणलाई प्रभाव पार्यो ?

अहा, उत्तिको पारेन । बरू म नित्सेको दर्शनबाट औधि प्रभावित भए, यध्यपि हिटलर र नेशनल सोसलिष्टहरूले अपनाएको जस्तो अर्थमा भने होइन ।

के तपाईं नात्सीहरूले नित्सेको दर्शनका नकारात्मक पक्षहरू मात्र अगाले भन्ने धारणा राख्नुहुन्छ ?

हो, किनभने मबाट के अपेक्षित छ भन्ने कुराले मलाई अझसम्म पनि पिरोलिरहेको छ । म स्वेच्छाले राजनीतिमा आएको होइन । म कोइराला परिवारको सदस्य हु, राजनीतिमा हुर्के, बढे र स्वतः यतिपट्टीलागे । जेलमा रहादा -१५ डिसेम्बर १९६० मा आफूलाई बन्दी बनाइएको तर्फ सङ्केत गर्दै ) मेरो कर्तव्य के हो र म किन यहा पुगें भन्ने विषयमा घोत्लिन थाले किनभने एक साझ सुशीला मलाई भेट्न आउदा उनीहरू ठूलो कठिनाइमा रहेको थाहा पाए । उनले केटाकेटीको हेरचाह गर्नुपथ्र्यो तर काठमाडौंमा कसैले पनि उनीहरूलाई आश्रय दिदैनथ्यो ।

म थुनामा परेको दुई वर्षपछि एकपटक यहा आएको बखत उनलाई देख्दा उनी सेताम्य फुलिसकेकी थिइन् र उनको अनुहारमा चाउरी परिसकेको थियो । त्यसले मलाई सोच्न विवश गर्यो । मेरो कर्तव्य के त ? प्रजातन्त्र -बीपीको संघर्ष प्रजातन्त्रका निम्ति थियो) भनेको एक अमूर्त धारणा हो । यस धारणाप्रतिको मेरो निष्ठाले गर्दा मेरी पत्नीलाई मैले जुन कष्ट भोग्न बाध्य गराएको छु, त्योभन्दा के यो बढी मूल्यबान् थियो त ? कुनै सिद्धान्तका लागि अरुलाई कष्ट दिनु मेरो अधिकार ? आखिर, कष्ट प्रत्यक्ष भोगिन्छ, जब कि सिद्धान्त केवल एक मानसिक अवधारणा मात्र हो ।

यी प्रश्नले आजसम्म पनि मलाई सताइरहेका छन् । यस विषयमा मैले कलम चलाए र जेलमै तीन-चारवटा उपन्यास लेखें । मैले गीता पढें । एउटा उपन्यास हिटलरका बारेमा थियो जुन प्रकाशित भएको छैन, पाण्डुलिपिकै रूपमा छ । -हिटलर र यहूदी हाल प्रकाशित भइसकेको छः अनु.) । तर अरू तीन-चारवटा उपन्यास भने प्रकाशित भइसकेका छन् । -टेपको बाकी भाग बीपीकै एक उपन्यासको विषयवस्तुका बारेमा छ) । म भन्दै थिएा, मानिसको समस्या के हो भने ऊ न त जनावर हो न ईश्वर नै । ऊ त यी दुवैको मध्यस्थितिमा छ । उसमा दुवै तत्व छन्, देवत्व र पशुत्व पनि ।

यसले मलाई जी.के.चेष्टर्टनले रबर्ट ब्राउनिंगको दर्शनबारे भनेका कुरा स्मरण गराउाछ । ईश्वर जे छ त्यही हो, जनावरहरू पनि जे छन् तिनै हुन् तर मानिस आंशिक रूपमा जे छ त्यो र बाकी जे हुन चाहन्छ त्यो पनि हो । अर्थात् जनावरहरू क्रमविकासको अन्त्यमा पुगिसकेका छन् र उनीहरूको थप विकासको कुनै गुञ्जाइस छैन । ईश्वरको पनि त्यही स्थिति छ । मानिस भने अधूरो छ र उसको विकासको दायरा असीमित छ जसले ईश्वरको दायरालाई पनि नाघ्न सक्तछ । त्यसैले ईश्वर पनि मानिसको डाह गर्दछन् ।

त्यही कुरा म बेग्लै शब्दमा भन्न चाहन्छु । मानिस उसको विगतको उपज मात्र होइन, ऊ त भविष्यद्वारा पनि प्रभावित हुन्छ । कुन अर्थमा भने मानिस उसको विगतको सिर्जना मात्र होइन, बरू उसको भावी आकाङ्क्षा र ऊ के हुन चाहन्छको नतिजा पनि हो । भविष्य केवल मानिसका लागि हुन्छ, ईश्वर वा जनावरका निम्ति होइन । ईश्वर र पशुहरूका लागि भोलि भन्ने कुरै हुादैन । मानिसका लागि भने भोलि सधैं रहिरहन्छ । यसै भोलिका लागि नै ऊ हरेक उद्यम गर्दछ, जमिन जोत्दछ, बाली रोप्तछ र भोलिको खुसियाली पर्खन्छ । यसैबीच अन्य तत्वहरूको हस्तक्षेपले गर्दा ऊ बाली भित्र्याउन असमर्थ पनि हुन सक्तछ । यही नै मूलसमस्या हो ।

मैले कुरा बुझें । ऊ पीडित हुन्छ र त्याग गर्दछ, तपाईंले जस्तै । भोलि छदैछ, त्यसपछि पनि आउछ र यस्तै गरी आइ नै रहन्छ । तपाईं सदासर्वदा वेदना र बलिदानको प्रतिमूर्ति रहनुभएको छ र रहिरहनुहुनेछ ।

म मात्र होइन, सबै नै त्यस्तै हुन् ।

मैले बुझें । मैले जोड दिन खोजेको कुरा के भने मेरो सामु एक सजीव प्रतीक छ- जयप्रकाश नारायणको । मैले उहाको सम्पूर्ण जीवन देखें, उहा पनि वेदना र बलिदानको प्रतीक हुनुहुन्थ्यो ।

वास्तवमा हरेकर मानिस वेदना र बलिदानको प्रतीक हुन्छ । जुन बखत ऊ भविष्यप्रति आशावादी हुन छाड्दछ तब ऊ अस्तित्वहीन हुन्छ । उसको अवसान हुन्छ । मानिसले विभिन्न निर्णयहरू लिनुपर्ने हुन्छ र त्यस्ता निर्णय उसका विगतका अनुभवका आधारमा लिइनुपर्दछ । अर्थात् ज्यादै अपर्याप्त तथ्याङ्कका भरमा उसले हरेक विषयमा निर्णय लिई आफ्ना कामको नतिजा पर्खनुपर्दछ । यही नै मानिसको त्रासदी हो ।

अब म मेरो दर्शन बताउछु । मानिसका दुई पक्ष छन् । तीमध्ये एउटा उसको नैसर्गिक सामाजिक स्वभाव हो जसको कारण ऊ समाजको सदस्य हुन्छ । अर्को चाहिा ऊभित्रको प्रचलित मान्यताविरोधी नैसर्गिक स्वभाव हो जसले उसलाई समाजको सदस्यता इन्कार गर्न र समाजले तर्जुमा गरेका कुनै पनि नियममा नबाधिन प्रेरित गर्दछ । यसरी ऊ प्रचलित मान्यताको अनुयायी हुनाका साथै एक विद्रोही पनि हो ।

मानिसले त्यही तनावको स्थितिमा बाच्नुपर्छ । यदि उसमा नैसर्गिक सामाजिक स्वभाव मात्र हुादो हो त उसको विकास नै हुदैनथ्यो । मैले कमिला र माहुरी जस्ता उच्च नैसर्गिक सामाजिक स्वभाव भएका प्राणीहरूको उदाहरण दिंदै आएको छु । तिनले समाजवादी समाजको अति राम्रो उदाहरण प्रस्तुत गर्दछन् । हरेकले आआˆना काम गर्दछन्, सबै नै काममा तल्लीन हुन्छन् र सबै सन्तुष्ट हुन्छन् । तर क्रमिक विकासको प्रक्रियामा कुनै समस्या भोग्नु नपरेकोले उनीहरू पेथ्वीमा मानवको आगमन हुनुभन्दा अघि जुन स्थितिमा थिए, त्यही स्थितिमै रहिरहे । मानवहरू लोप भईसक्दा पनि ती प्राणीहरू रहिरहने त छन् तर थप प्रगति भने गर्नेछैनन् ।

यसैले, प्रचलित मान्यताविरोधी स्वभाव नभएको मानिसले विकासै गर्न सक्तैन । गान्धीजीमा यो गुण प्रचुर मात्रामा थियो । गान्धीजी मात्र किन र ? सुकरातदेखि यीशु ख्रीष्टसम्म सबै महामानवहरू प्रचलित मान्यताविरोधी नै थिए । त्यसैले गर्दा उनीहरूले जीवन बलिदान गर्नुपर्यो ।

तपाईं नि ?

अ, मौलिकतापरक कथा र उपन्यासहरू लेख्ता म प्रचलित मान्यताविरोधी हुन्छु, कुनै व्यवधान स्वीकार्न सक्तिन । तर राजनीतिक हिसाबले म समाजवादी हु । म सबैलाई समानरूपले लागू हुने कानून बनून् भन्ने चाहन्छु । यसको मतलब एउटा समाजवादीको नाताले सबैले उत्कृष्ट कानुन-समाजवादी कानून-पालन गरुन् भन्ने म चाहन्छु तर लेखकका रूपमा भने म स्वयं नै ती कानूनहरू तोड्ने स्वतन्त्रताको उपभोग गर्दछु ।

यसको मतलब तपाईं एकैसाथ दुईवटा धरातलमा उभिनुहुन्छ ?

हो, विभिन्न धरातलमा रहन नसक्ने व्यक्ति पूर्णरूपमा बाच्न सक्तैन ।

त्यस्तो व्यक्ति निष्क्रिय हुन्छ भन्न खोज्नुभएको हो कि ?

हो, ठीक भन्नुभयो । ऊ या त प्रचलित मान्यताको अनुयायी हुन्छ या असामाजिक व्यक्ति । यसले मेरो स्थिति स्पष्ट पार्दछ । म तनावमा छु । एकातिर राजनीतिमा म आफूलाई बाहिरिया जस्तो सम्झन्छु र मेरो पेसा साहित्यिक अनुशीलन हुनुपथ्र्यो भन्ठान्छु भने अर्कोतिर म जब लेख्न बस्छु, लाग्छ समय बर्बाद गरिरहेछु ।

तपाईं नास्तिक, आस्तिक वा अज्ञेयवादी के हुनुहुन्छ ?

पहिलो कुरा त भगवान् भन्नाले के बुझिन्छ भन्ने कुरा कसैले पनि मलाई परिभाषित गरिदिएको छैन । किन्तु जब मानिसले विराट कविता रच्न थाल्दछ, जब ऊ त्यस्तो बहृमाण्डको व्यापकता देख्छ, यसको सौन्दर्य नियाल्छ र फूलहरू हेर्दछ, मानिसको अस्तित्वको त्यही अंश नै ईश्वरको र ईश्वरीयताको अनुभूति हो ।

मानिस एकपेट खाएर मात्र बाच्न सक्तैन । जीवनका अरू पक्षहरू पनि छन् जुन उत्तिकै वा शायद अझ बढी महत्वपूर्ण हुन्छन् । ती जीवनका अनुत्तरित रहस्यहरू हुन् । यस्ता रहस्यहरू छन् भन्ने थाहा नपाउनेहरू, यिनबाट उद्वेलित नहुनेहरू पूर्णजीवन बाचेका हुन्नन् ।

तपाईंलाई थाहै छ, म प्रधानमन्त्री हुादा रविशंकर एकपटक काठमाडौ आई संगीत कार्यक्रम गर्नुभयो । म अत्यन्त थाकेको थिएा, तैपनि त्यस कार्यक्रममा उपस्थित नहुनु ज्यादै अशिष्ट हुनेजस्तो लाग्यो । म सामेल भए र तीनचार घण्टा लामो कार्यक्रम पूरै हेरें । कार्यक्रम सकिएपछि म उहासमक्ष गए र भने मेरो निम्ति यो ईश्वरसागको निकटम अनुभूति थियो । उहाले सितार बजाउनुभएको सुन्दा त झन् ईश्वरको ज्यादै नजिक भएको मैले अनुभव गरे । रविशंकर जस्ताले बजाएको संगीत सुन्दा वा सुन्दर चित्रकला अवलोकन गर्दा कहिलेकाही यस्तो अनुभव हुन्छ ।

बिहान सबैरै उठी बाहिर प्रकृतिलाई नियाल्दा, फूलहरू, वृक्षहरू, नीलो आकाश आदि हेर्दा तपाईंलाई कस्तो लाग्छ, मलाई भन्दिनुहुन्छ कि ? यस्तो क्षणमा तर्कले मात्र व्याख्या गर्न नसकिने कुनै वस्तुसाग आफू विलीन भएजस्तो तपाईंले कहिल्यै महसूस गर्नुभएको छ ?

हो, त्यस्तो अनुभव धेरै पटक गरेको छु । कहिलेकाहीं त म त्यही पूर्ण वस्तुको अंश भैदिन्छु । ती सबैमा सजीवता देख्छु, सम्पूर्ण ब्रहृमाण्ड नै जीवन्त पाउछु र म त्यसैमा समाहित हुन्छु ।

यस्ता क्षणमा के तपाईंले यो ब्रहृमाण्ड यसभित्रका वस्तुहरू र त्यसभन्दा पनि परेका सबै वस्तुहरू मानिस मात्रका सिर्जना होइनन्, कुनै अर्कै सृष्टिकर्ता पनि हुनुपर्छ भन्ने महसुस गर्नुभएको छ कि ?

अहा, त्यस्तो दर्शन मेरो छैन । मलाई के लाग्छ भने म सबैको अंश हु किन्तु म दर्शनबारे घोत्लिन वा कल्पनाको सागरमा बहकिन चाहन्न ।

तपाईंलाई नास्तिक भनू वा अज्ञेयवादी ?

मलाई एक प्रकारको अध्यात्मवादी नै ठान्नुस् । प्रकृतिमा भएका केही त्यस्ता तत्वहरूको वैज्ञानिक व्याख्या वा विश्लेषण गर्न सकिन्न भन्नेमा म विश्वास राख्तछु । तपाईं समग्र रूपमा यसको अध्ययन गर्न सक्नुहुन्छ तर अंश-अंशमा यसलाई बुझ्न कठिन हुन्छ । सबभन्दा ठूलो समस्या के हो भने मानवमस्तिष्कले विचारधाराकेा यसै रूपरेखाभित्र रहेर मात्र ज्ञान हासिल गर्न सक्तछ । तर जसै तपाईं यसलाई सोचाइको घेरामा पार्नुहुन्छ, सत्यको अनुभूति स्वतः हराउादछ । केवल तर्कशक्तिमा मात्र भर पर्ने हो भने मानिसको ज्ञान अपर्याप्त हुन्छ ।

अब कान्ट, हेगेल र कार्ल माक्र्सजस्ता जर्मन दार्शनिकहरूपट्टी लागौ । के तपाईं द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्नुहुन्छ ? त्यस्तै, इतिहासको भौतिकवादी व्याख्यामा नि ?

पछिल्लो प्रश्नको जवाफमा म भन्छुः अहा, विश्वास राख्दिन । म यसलाई सरासर अस्वीकार गर्छु तर त्यसमा सत्यता पटक्कै छैन भन्दिन । मानिस बहुआयामिक व्यक्तित्व हो । माक्र्सले गरेको भूल के हो भने उनले आर्थिक जीवनसाग मात्र सरोकार राख्ने आर्थिक प्राणीको रूपमा मानिसलाई प्रस्तुत गरे । त्यसमा सत्यता छैन भन्ने मेरो भनाइ होइन तर त्यो मानिसको बिल्कुलै अधुरो चित्रण हो ।

मानिस आर्थिक प्राणी हो र ऊ त्यसभन्दा बढी पनि केही हो । त्यस्तो बढी के हो त ? तपाईं भन्न सक्नुहुन्छः मानिस ईश्वरको सृजना हो । अवश्य हो, तर त्यसभन्दा बढी पनि केही हो । आयामहरू धेरै हुन्छन् र मानिस एक आयामिक प्राणी होइन । अर्को कुरा मानिस पेटकै चिन्ताले मात्र उत्प्रेरित हुदैन । पेट उसका क्रियाकलापको कारक होइन । रोटीकै नारामा कुनै पनि मानवआन्दोलन आजसम्म भएकै छैन । १९१७ मा रुसमा भएको समाजवादी क्रान्ति पनि रोटीका लागि भएको थिएन, त्योभन्दा उच्च कुरा, समानताको लागि भएको थियो ।

मानिस आंशिक रूपमा मात्र इतिहासको र आंशिक रूपमा इतिहासभन्दा परका तत्वहरूको उपज हो । मानव जातिको सृष्टि हुनुअघि प्रकृतिले उसको जीविकाको लागि चाहिने पानी, खाद्यान्न, घाम आदि सबै वस्तु उपलब्ध गराउनुपरेको थियो । मानिसले समाज सृजना गर्यो भन्ने गलत धारणा पनि पाइन्छ । तर तथ्य के हो भने समाज मानिसको उद्भवभन्दा पहिले नै अस्तित्वमा थियो । इतिहासको जन्म मानिस देखापरेपछि मात्र भएको हो । जहासम्म मानिसको कुरा छ, समय पनि मानिसको उद्भव भएको दिनदेखि नै अस्तित्वमा आएको हो ।

सबै कुरा पूर्वनिश्चित हुन्छन् भन्ने ऐतिहासिक नियतिवादमाथि तपाईंको विश्वास छैन भन्न सकिन्छ कि ?

ऐतिहासिक नियतिवादमाथि विश्वास गर्ने हो भने हाम्रा सबै उद्यमहरू अर्थहीन अभ्यास मात्र हुन जान्छन् । माक्र्सले मानिसको सोचाइ स्वतन्त्र हुन्न भन्ने दर्शन प्रतिपादन गरे । यो पूर्वनिश्चित हुन्छ र ऊ आफू संबद्ध भएको सामाजिक वर्गबाट प्रभावित हुन्छ । अर्को कुरा के छ भने माक्र्स एक ठूला पर्चाबाज थिए । यदि मानिसको विचार स्वतन्त्र नहुदो हो त माक्र्सको आहृवान कसका लागि लक्षित हुन्थ्यो ?

के हेगेलले तपाईंलाई प्रभावित पारे ?

अह, मैले हेगेलका कृतिहरू पढेको छैन ।

तपाईंलाई मन पर्ने अंग्रेज लेखकहरू को को हुन् ? त्यस्तै भारतीय लेखकहरू नि ?

पहिलो कुरा त, मलाई अंग्रेजी कविता मन पर्छ । मेरो रुचि निकै फराकिलो छ । म शेक्सपियरका नाटकभन्दा सनेट -चौध पंक्तिका कविता) अझ बढी मन पराउछु । मार्लोलाई पनि मन पराउछु । सबै रोमान्टिक कविहरूः किट्स शेली, बाइरनलाई मन पराउछु तर वर्डस्वर्थलाई भने त्यति मन पराउन्न । त्यस्तै स्विनवर्नका संगीत र लय तथा ब्राउनिंगका नाटकीय एकालापहरू मलाई मन पर्दछन् । टेनिसका केही कविताहरू, खास गरी क्रसिंग द बार मलाई मन पर्छ । त्यस्तै जोन म्यान्सफिल्ड पनि । बर्नार्ड शा औधि मन पर्थे तर हिजोआज उनी पुरानिएजस्तो लाग्छ ।

चाल्र्स डिकेन्सका बारेमा के भन्नुहुन्छ ?

म डिकेन्सलाई रुचाउछु तर दोहोर्याई तेहर्याई भने पढ्दिना । भारतीय लेखकहरूमा रवीन्द्रनाथ टैगोर निश्चयै महानतम हुनुहुन्छ र म उहालाई मन पराउछु । हजारीबाग जेलमा हुदा मैले उहाका कृतिहरू मौलिक रूपमा पढ्न चाहें किनकि 'गीताञ्जली', केही लघुकथा र खास गरी 'काबुलीवाला' मैले अनूदित रूपमा पढेको थिएा । 'काबुलीवाला' मैले पढेकामध्येको एक उत्कृष्ट कथा हो । मेरो मनमा अमिट रूपमा रहेको एउटै मात्र कथा 'काबुलीवाला' थियो र मैले संचयिता किन्न पठाए । त्यो पुस्तक आएपछि पल्टाए र मलाई सर्वप्रथम आकषिर्त गर्ने 'कच ओ देवयानी' शीर्षक कविता थियो । मैले त्यो पूरै पढें । यसैबीच मैले बंगाली भाषा सिकेको थिए । र म टैगोरबाट यति मुग्ध भए कि मैले उहाका कृतिहरू पढ्ने मोह कहिल्यै त्याग्न सकिन, उहाप्रति मेरो निरन्तर रुचि रहेको छ । म शरच्चन्द्र चटर्जीलाई मन पराउथे तर उहा पनि केही पुरानिएजस्तो छ । अर्का हुनुहुन्छ प्रेमचन्द । अनि सुमित्रानन्दन पन्त, निराला र त्यस्तै जयशंकर प्रसाद ।

नेपाली लेखकहरू नि ?

बालकृष्ण सम । उहाको नाम बालकृष्ण शमशेर थियो तर २००७ सालको क्रान्तिपछि उहाले आˆनो थर बदल्छु भन्नुभयो । त्यसैले शमशेरको सट्टा सम मात्र थर कायम गर्नुभयो जसले समानता भन्ने अर्थ बुझाउछ । उहा ठूला लेखक हुनुहुन्थ्यो । बित्नुभएको एक महिना मात्र भयो । उहा साच्चिकै सृजनशील लेखक हुनुहुन्थ्यो । त्यस्तै अर्का हुनुहुन्छ लक्ष्मीप्रसाद देवकोटा एक महान् कवि तथा टैगोरजस्तै नया शब्द र वाक्यांशका निर्माता । शेली र किट्सबाट देवकोटा निकै प्रभावित हुनुहुन्छ ।

राजनीतिक दार्शनिकहरूमध्ये तपाईंलाई कसले सबभन्दा बढी प्रभावित पारेको छ ?

गान्धी, माक्र्स र फेरि गान्धीले नै । म पहिले गान्धीजीबाट निकै प्रभावित भए, बीचमा केही समय माक्र्सको अनुयायी भए र फेरि गान्धीजीतर्फ नै फर्किए ।

तपाईंको राजनीतिक सोचाइमा जयप्रकाश नारायणको कुनै प्रभाव थियो कि ?

जहासम्म राजनीतिक दर्शनको कुरा छ, जयप्रकाश गान्धीजी जति महत्त्वपूर्ण हुनुहुन्न । गान्धीजीले मौलिक र नया विचार दिनुभयो, उहाले हरेक विषयमा सोचाइको केही नया धारा सृजना गरिदिनुभयो तर ती सबै भू्रणावस्थामा नै थिए । जयप्रकाशले तिनलाई विकसित गर्न सक्नुहुन्थ्यो र केही हदसम्म गर्नुभयो पनि । म गान्धीजीलाई माक्र्सभन्दा महान् मौलिक विचारक ठान्दछु । माक्र्स अवस्थाका उपज थिए, मौलिक विचारक थिएनन् । उनी अरुका काधमा उभिए तर गान्धीजी नितान्त मौलिक हुनुहुन्थ्यो ।

राजनीतिक वा साहित्यिक क्षेत्रमा तपाईंलाई प्रभावित पार्ने कुनै अमेरिकी लेखकको नाम बताउनुहुन्छ कि ?

जहासम्म अमेरिकी राजनीतिक दार्शनिकहरूको कुरा छ, त्यस्ता कोही छैनन् ।

कार्ल पोप्परको 'ओपन सोसाइटी' बाट तपाईं प्रभावित हुनुभयो ?

अह । कलेजमा हुदा म टम पाइन र अब्राहम लिंकनबाट अत्यधिक प्रभावित थिए ।

तपाईंमाथि थोरोको कुनै प्रभाव पर्यो कि परेन ?

त्यत्तिको परेन । मैले उति धेरै अमेरिकी लेखक वा दार्शनिकहरूका कृति पढेको छैन । हालै मात्र जोन स्टेनवेकलाई पढें र मलाई मन पर्यो । म युजिन ओ-नेललाई मन पराउछु र लाग्छ उहा बर्नार्ड शाभन्दा धेरै उत्कृष्ट हुनुहुन्छ ।

अर्नेष्ट हेमिंग्वे नि ?

हो, उहा ख्यातिप्राप्त हुनुहुन्छ । म उहालाई रुचाउछु, खासगरी उहाका दुईतीनवटा उपन्यास ।

'फर हुम द बेल टल्स' पढ्नुभयो ।

पढें । उहाको त्यो पुस्तक, 'फेयरवेल टु आम्र्स' र 'द सन् अल्सो राइजेज' यी तीन उपन्यासहरू असाध्य मन पर्दछन् ।

'ओल्ड म्यान एण्ड द सी' नि ?

हो त्यो पनि मलाई मन पर्छ । हेमिंग्वेको शैली सुस्पष्ट र प्रभावशाली छ । म टेनेसी विलियम्सका नाटक पनि रुचाउछु ।

संगीतका बारेमा पनि केही भन्नुहुन्थ्यो कि ?

बी. ए.मा नपुगन्जेल संगीतप्रति म निष्पट्ट नै थिए । म बनारसमा हुदा एकजना महाराष्ट्रका मेरा सहपाठी संगीतप्रति खुबै रुचि राख्तथे । उनी आफै राम्रा गायक र तबलावादक पनि थिए । पुणेबाट आएका एक ठूला संगीतकारको निम्ति एकपटक उनले कार्यक्रमको आयोजना गरे । उनले यसनिम्ति टिकटहरू बेचे र मलाई पनि एउटा टिकटका लागि आठ आना (हिजोआजको दशमलब मुद्रा प्रणालीअन्तर्गत पचास पैसा) खर्च गर्न उक्साए । मन नलागी नलागी मैले एउटा टिकट किनें र कार्यक्रममा गए । ती संगीतकारको नाम नारायण राव व्यास थियो । उनले चारपाचवटा गीत गाए । तीमध्ये एउटा भजन र दुईवटा शास्त्रीय संगीत थिए । त्यसबाट शास्त्रीय संगीतप्रति ममा नया सोचाइ आयो । त्यसउप्रान्त भारतीय शास्त्रीय संगीत मलाई मन पर्न थाल्यो । फिल्मी संगीत मलाई मन पर्दैन । मलाई यदाकदा रवीन्द्र संगीत पनि मन पर्छ तर त्यो निकै सुरिलो जस्तो लाग्छ र उति जोशिलो पनि हुन्न । रवीन्द्र संगीत नाटकमा पनि राम्ररी मिल्न सक्छ जस्तो लाग्छ । संगीतकारहरूले समूहमा वा नृत्यनाटिकामा गाएको सुनेमा यसको राम्रो पारख गर्न सकिन्छ किनकि यसमा दृश्य प्रदर्शन हुनैपर्दछ । म भारतीय शास्त्रीय संगीत रुचाउछु । म गजलहरू पनि संगीतका लागि मात्र होइन तिनका पद र तिनले दिने अर्थका लागि समेत मन पराउछु ।

संगीतशास्त्रसम्बन्धी आफ्नो अनभिज्ञताबारे तपाईंले केही कुरा भन्नुभयो । यसलाई दोहोर्याउनुहुन्छ किः तपाईंलाई संगीत मन पर्नुको कारण यसले उपयुक्त मानसिकता सिर्जना गरिदिने भएर हो कि ?

दुईतीनवटा रचनाकारलाई छाडी संगीतप्रति मेरो खास लगाव छैन । उदाहरणका लागि चोपिन । मैले उहाप्रति रुचि राखे किनकि उहाको जीवनी पढें, सिनेमा हेरे जसमा उहाले संगीत सिर्जना गरेको, रचना गरेको, पोलैण्डको स्वतन्त्रता आन्दोलनमा सहभागी भएको आफ्ना मित्रहरूलाई त्यागी आफ्नी प्रेमिकासाग पेरिसमा बस्न थालेको कुरा दर्शाइएका छन् र यी सबैले मलाई उहाको संगीतको मूल्यांकन गर्न एक रोमान्टिक पृष्ठभूमि सिर्जना गरिदियो । तपाईलाई थाहै छ, म चोपिनको सौखिन छु भन्ने सुनेपछि पाकिस्तानका लागि पोलैण्डका राजदूतले मलाई चोपिनका एक सेट रेकर्डहरू पठाइदिएका थिए ।

तपाईको संकलनमा चोपिनको 'फ्यूनरल मार्च' पनि परेको छ कि ? तपाईलाई थाहै छ, आर्थर कोस्लरले आफ्नो एउटा पुस्तकमा चोपिनको 'फ्यूनरल मार्च' ले उनलाई साम्यवादपट्टी आकृष्ट गरेको कुरा लेखेका छन् ।

छैन । मैले रोमा रोलाको 'जा क्रिष्टोफ' पढेको छु जुन महान् संगीतकार बीथोभनको जीवनमा आधारित छ । त्यसबाट बीथोभनप्रति मेरो रुचि जाग्यो ।

मोजार्ट नि ? अथवा त्यस्तै जोन स्ट्रस र खास गरी उनको अमर रचना 'ब्लू डेन्यूब' ?

म १९५४ मा भियनामा हुदा 'ब्लू डेन्यूब' सुन्ने मौका मिलेको थियो ।

तपाईलाई मन परेन त ?

हो, मन पर्यो तर बीथोभन र चोपिनजतिको चाहि होइन । केही गीत—नाटकहरू खास गरी वाग्नरका वीरोचित गीती —नाटकहरू मन पराउछु ।

'रक एण्ड रोल' जस्ता आधुनिक पश्चिमी संगीत कस्तो लाग्छ ? तपाईको यसप्रति पनि रुचि छ कि ?

बिलकुलै छैन । त्यस्ता संगीतबारेको सही चित्रण टैगोरले गर्नुभएकेा थियो । उहाले बाल्यकालमा चर्को आवाजका पश्चिमेली संगीत सुन्दा दुई रेलहरू जुधेको जस्तो लागेको बताउनुभएको थियो । त्यो टैगोरको अभिव्यक्ति हो । म यस्तो चर्को संगीत रुचाउन्न । तर केही गीतहरू भने मन पर्दछन् ।

तपाई पल रोब्सन मन पराउनुहुन्छ ?

हो, म उनलाई मन पराउछु । त्यस्तै जोन बेज र केही लोकगीतहरू पनि मन पराउछु ।

अ, साच्ची पल रोब्सनको 'भोल्गा बोट्मेन्स सङ' सुन्नुभएको छ ?

छै्न । म नाच मन पराउछु । मेरी पत्नी नृत्यमा औधि रुचि राख्छिन् । उनी मलाई नृत्य कार्यक्रमहरूमा लैजाने गर्थिन् । उनी ठूलै नर्तकी हुन् त म भन्दिना तर राम्रो नाच्न जान्ने भने पक्कै हुन् । नाट्यमञ्चमा उनका भावभंगिमा यति स्वाभाविक र स्वस्फूर्त हुन्छन् कि तिनले नाट्यकलामा उनका जे जस्टा कमजोरी भए पनि तिनलाई ढाकिदिन्छन् । उनैले गर्दा मैले सबै नाम चलेका रसियन, अंग्रेजी ब्यालेहरू हेरेको छु । सबै सुप्रसिद्ध भारतीय नर्तक नर्तकीहरूका कला पनि मैले देखेको छु । हुन त मेरो रुचि भरतनाट्यम्, कत्थक र ओडिसीपट्टी छ । म मनिपुरीबाट उत्ति प्रभावित छैन । यो अलि सुस्त र नीरस हुन्छ ।

भाङ्गडा नि ? के तपाई यो अत्यन्त सशक्त र जीवन्त हुन्छ भन्ठान्नु हुन्छ ?

यसमा सशक्तता हुन्छ भन्ने त मान्दछु तर यो मलाई मन पर्दैन । म कत्थक रुचाउछु । मेरी बुहारी त्यस शैलीको नाचमा निकै सिपालु छिन् । नृत्यपट्टी मेरो चाख उदयशंकरले जगाइदिनु भएको हो । म विद्यार्थी हुदा बनारसमा उहा नाचेको मैले देखें । म्याडम सिम्की उहाकी जोडी हुनुहुन्थ्यो र यो दुई बाहेक अन्य कुनै पनि जोडी बढी मिल्दो हुनसक्छ । जस्तो मलाई लाग्दैनथ्यो ।

चलचित्रहरू नि?

म चलचित्रमा त्यतिथ रुचि राख्तिन न त धेरै सिनेमा हेरेको नै छु । कलेजमा पढेताका केही सिनेमा मन पर्थे, जसमध्ये 'ब्लू एञ्जेल' एउटा हो । मलाई एभिल जेनिंगस्का चलचित्र मन पर्थे । त्यस्तै ग्रेटा गार्बोका पनि । ती सबै पुराना भइसके । चाल्र्स ब्यायर पनि मलाई मन पर्ने हुन् । जेलबाट छुटेपछि मैले 'बि्रज अन द रिभर क्वाई' हेरे र खुबै मन पराए ।

सत्य जीत रे नि ?

मैले उहाका दुईतीनवटा चलचित्र मन पराए । मैले मेरेको सत्य जीत रेको पछिल्लो चलचित्र 'शतरंज के खिलाडी' हो तर यो 'पाथेर पांचाली' जत्तिको मलाई मन परेन ।

हिन्दी चलचित्रहरू नि ?

समष्टिमा हिन्दी चलचित्रहरू मलाई मन पर्दैनन् । तर 'अंकुर' र 'निशान्त' जस्ता दुई तीनवटा चलचित्र मैले रुचाए । श्याम बेनेगलका केही चलचित्र मन पर्थे । अर्को एउटा हिन्दी चलचित्र म मन पराउथे किनभने त्यसका लेखक हाम्रा मित्र हुनुहुन्थ्यो । त्यो फणीश्वरनाथ रेणुको 'तीसरी कसम' हो जुन एक जना बंगालीको निर्देशनमा बनेको थियो । हिन्दी चलचित्रहरूमा व्यापारिक चलचित्रहरू मलाई मन पर्दैनन् । ती ज्यादै चर्का, अत्यन्त कोलाहलपूर्ण र निकै उग्र हुन्छन् ।

Back